LISTEN LIVE RADIO

देउखुरी व्यापी टि–२० नकआउट क्रिकेट प्रतियोगिता सुरु, पहिलो खेलमा राप्तीद्वार विजय



भालुवाङ १९ फागुन । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ पाखापानी खेल मैदानमा शुक्रबार देखि देउखुरी व्यापी टि–२० नकआउट क्रिकेट प्रतियोगिता सुरु भएको छ ।राप्ती गाउँपालिकाको आर्थिक सहयोग तथा राप्तीद्वार क्रिकेट फाउन्डेसन पाखापानीको आयोजनामा सो प्रतियोगिताको आयोजना गरिएको हो । खेलकुद कार्यक्रमको राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले ब्याटिङ गरेर कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष विष्टले शारीरिक र मानसिक रुपमा स्वस्थ हुनको लागि खेलकुद क्षेत्रको महत्वपुर्र्ण भुमिका हुने बताउँदै स्थानीय स्तरमा रहेका खेलाडीहरुलाई खेलको माध्यमबाट प्रोत्सान गरि राष्ट्रिय खेलाडी उत्पादन गर्ने उदेश्यले सो खेलको आयोजना गरिएको बताए ।

त्यस्तै उनले खेलाडीहरुको मुख्य पाटो अनुशासन पनि भएको बताउँदै अनुशासित भएर खेल खेल्न खेलाडीहरूलाई आग्रह समेत गरेका छन् । फाउन्डेसनका अध्यक्ष केशवप्रसाद बोहोरा अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यता र पुर्व पालिका अध्यक्ष नुमानन्द सुवेदीको विशिष्ट आतिथ्यतामा खेल उद्घाटन गरिएको हो ।

कार्यक्रममा राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर ओली, वडा नम्बर १ का वडा अध्यक्ष गेमबहादुर खड्का, २ नम्बर वडा अध्यक्ष पहलवान चौधरी, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विक, भालुबाङ्ग खानेपानी सरसफाई तथा उपभोक्ता समितिका अध्यक्ष हस्तबहादुर गुरुङ, रिभर राप्ती आधारभूत अङ्ग्रेजी स्कुल भालुबाङका प्रधानाध्यापक ईश्वरीप्रसाद भुसाल, कालिका सामुदायिक वन उपभोक्त समिति राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियाका उपाध्यक्ष बेदुलाल सुवेदी, पत्रकार जमिर शाह लगायतको सहभागीता रहेको थियो । प्रतियोगितामा देउखुरी क्षेत्रका १० वटा टिमले भाग लिएको छ । फाउन्डेसनका उपाध्यक्ष तथा खेल संयोजक दुर्गाप्रसाद गुप्ताको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन फाउन्डेसनका सदस्य सुभाष भुसालले गरेका थिए ।

देउखुरी व्यापी नकआउट क्रिकेट प्रतियोगिताको पहिलो खेलमा राप्तीद्वार विजय

देउखुरी व्यापी नकआउट टि–२० क्रिकेट प्रतियोगिताको पहिलो खेलमा राप्तीद्वार क्रिकेट फाउन्डेसनले २ सय ६४ रन हानेर जित हासिल गरेको छ ।

राप्ती गाउँपालिकाको आर्थिक सहयोग तथा राप्तीद्वार क्रिकेट फाउन्डेसनले शुक्रवार देखि राप्ती गाउँपालिका १ मा पाखापानी खेलमैदानमा आयोजना गरेकोे खेलमा फाउन्डेसनले २ सय ६४ रन हानेर जित हासिल गरेको हो । पहिला टस जितेर ब्याटिङ गरेको राप्तिद्वारको टिमले २० ओभर पुरै खेल्दै आफ्नो सम्पुर्ण विकेट गुमाई २ सय ८४ रन बनाएको थियो । ब्याटिङमा राप्तीद्वारको लागि पुरुषोत्तम आचार्यले ९६ रन, अभिषेक खड्काले ५२ रन, गोबिन्द खनालले ३९ रन र अनिल खड्काले २५ रन बनाएका थिए । बलिङमा अभ्यास आले, शुभम पौडेल, विधान खनालले समान २–२ विकेट लिए भने दिपक मरासिनीले १ विकेट हात पारेका थिए ।

जवाफी २ सय ८५ रनको लक्ष्य पछाएको लिटिल एन्जल्सले ६.१ ओभरमा आफ्नो सम्पुर्ण विकेट गुमाएर २० रन बनाएको थियो । लिटिल एन्जल्सका लागि ४ रन अर्जुन गुरुङले बनाए । बलिङमा राप्तीद्वारका सरोज अधिकारीले ६ विकेट, पुरुषोत्तम आचार्यले ३ विकेट र हेमराज सुवेदी १ विकेट लिएका थिए । उक्त खेलको म्यान अफ द म्याच पुरुषोत्तम आचार्य भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे