LISTEN LIVE RADIO

भालुवाङ देखि सिंगे खोला सम्मको सडक यथाशिघ्र मर्मत गर्न सडक डिभिजनलाई आग्रह



भालुवाङ देखि सिंगे खोला सम्मको सडक यथाशिघ्र मर्मत गर्न सडक डिभिजनलाई आग्रह

भालुवाङ ११ फागुन । राप्ती गाउँपालिकाले भालुवाङ देखि सिंगे खोला सम्मको सडक यथाशिघ्र मर्मत गर्न सडक डिभिजन कार्यालय दाङलाई आग्रह गरेको छ ।

गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बिहीबार सडक डिभिजन कार्यालय दाङलाई ध्यानाकर्षण पत्र लेख्दै सो आग्रह गरेका हुन् । राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ देखि वडा नम्बर ५ सिंगेखोला सम्मको झण्डै १५ किलोमिटर पूर्व पश्चिम राजमार्ग (साविक महेन्द्र राजमार्ग) को विभिन्न ठाउँमा खाल्डखुल्डी भई दैनिक जसो दुर्घटनाहरु भइरहेको अध्यक्ष विष्टले जारी गरेको पत्रमा उल्लेख छ ।

राप्ती गाउँपालिका लुम्बिनी प्रदेशको राजधानी समेत भएकोले राप्ती गाउँपालिका क्षेत्र भित्रका राजमार्गमा परेका खाल्डाखुल्डी मर्मत सम्भारलाई प्राथमिकता दिई गर्नुपर्नेमा त्यस कार्यालयले उक्त कार्य समेत नगरेको र पूर्व पश्चिम राजमार्गको सडक लेन, लाइनिङ र जेव्रा क्रसिङ राख्नुपर्नेमा सो कार्य समेत नगरेको प्रति अध्यक्ष विष्टले दुख प्रकट गरेका छन् ।

पटक-पटक फोन सम्पर्क गरी विषयवस्तुको अवगत गराउँदा समेत चासो नदेखाएकोले जिल्ला प्रशासन कार्यालय दाङलाई समेत उक्त पत्रको बोधार्थ पठाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे