LISTEN LIVE RADIO

राष्ट्रिय सहमती आधारमा राष्ट्रपति चयन गरिनुपर्छ : मन्त्री महरा



भालुवाङ १२ फागुन । लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री जोगबहादुर महराले राष्ट्रिय सहमतीका आधारमा राष्ट्रपति चयन गरिनुपर्र्नेे बताएका छन् ।

नयाँ युगबोध राष्ट्रिय दैनिकको शुक्रवार बाघढड्डी मौरीघाटमा शाखा कार्यालय उद्घाटन गर्दै मन्त्री महराले सो कुरा बताएका हुन् । प्रमुख अतिथि समेत रहेका मन्त्री महराले विगतका निर्वाचनमा विभिन्न गठबन्धन गरेर गएता पनि कुनै गठबन्धनलाई जनताले स्पष्ट बहुमत नदिएको बताउँदै मन्त्री महराले राजनीतिक दलहरुबीच राष्ट्रिय सहमतीको विकल्प नभएको जोड दिएका छन् । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सभा संसदीय दलका नेता समेत रहेका मन्त्री महराले अहिले केन्द्रमा भइरहेको राष्ट्रपतिका विषयमा चर्चा र छलफल पनि राष्ट्रिय सहमतीका आधारमा हुनुपर्ने बताएका छन् ।

मन्त्री महराले राष्ट्रपतिमा साँझा व्यक्तिलाई ल्याएर राष्ट्रिय सहमतीका आधारमा चयन गर्ने र ५ वर्ष सम्म मुलुकको सम्वृद्धि र विकासका लागि स्थायी सरकार बन्नुपर्नेमा समेत जोड दिएका छन् । त्यस्तै उनले पत्रकारहरुलाई समाचारमा आधिकारिकता र जवाफदेहिताका साथै सत्य तथ्य कुरा बुझेर मात्र कलम चलाउन सुझाव दिएका छन् ।

पत्रिकाका संस्थापक तथा सल्लाहकार नारायणप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा संविधान सभा सदस्य रेश्मीराज नेपाली, लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य प्रचण्डविक्रम न्यौपाने, न्याय परिषद्का पुर्व सदस्य पद्यमप्रसाद वैदिक, लुम्बिनी प्रदेशका निवर्तमान प्रदेशसभा सदस्य रेवतीरमण शर्मा, प्रदेश पुर्वधार विकास प्राधिकरणका सिइओ छविराज पोख्रेल, राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष केवी मसाल, नागरिक समाज दाङका उपसंयोजक निमबहादुर थापा, सामुदायिक रेडियो प्रसारक संघ लुम्बिनी प्रदेशका पुर्व अध्यक्ष केपी घिमिरे, नेपाल पत्रकार महासंघ दाङका निर्वतमान उपाध्यक्ष लिला शाह, नेपाल रेडक्रस सोसाइटी दाङ जिल्ला सभापति मदन गौतम, स्थानीय हरिप्रसाद भुसाल लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

पत्रिकाकी सम्पादक लक्ष्मी आचार्यले धन्यवाद मन्तव्य र युगबोध प्रालिका अध्यक्ष÷ प्रबन्ध निर्देशक प्रताप रेग्मी स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन पत्रिकाका समाचार सम्पादक जेएन सागरले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे