LISTEN LIVE RADIO

कांग्रेस क्षेत्र नं. २ (क) को शनिवार प्रथम प्रदेश सम्मेलन हुँदै, प्रकाशमान सिंहले उद्घाटन गर्ने



दाङ २७ माघ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा संघिय सांसद प्रकाशमान सिंह शनिवार दाङ आउंदै छन् । नेपाली कांग्रेस दाङ निर्वाचन क्षेत्र नंवर २(क)को सम्मेलनको उद्घाटन गर्न नेता सिंह दाङ आउन लागेको प्रदेश सभापति प्रकाश श्रेष्ठले बताएका छन् ।

निर्वाचन क्षेत्र २(क)ले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी प्रदेश सम्मेलनको संपुर्ण तयारी पुरा भएको बताएको छ । घोराहीको पौवा होटलमा विहान ११ बजेदेखि हुने सम्मेलनमा सहभागिताका लागी यस क्षेत्रका सवै कांग्रैस नेतृत्व, भ्रात्रि संस्थाका पदाधिकारीहरु, सुभेच्छुक संस्थाका प्रतिनिधिहरु तथा आम पत्रकारहरुलाइ निम्तो दिइएको छ ।

सम्मेलन दुइ चरणमा हुने पत्रकार सम्मेलनमा बताइएको छ । पहिलो सत्रमा सम्मेलनको उद्घाटन मन्तव्य तथा शुभकामना मन्तव्यको कार्यक्रम रहेको छ । यस सत्रमा प्रदेश सचिवले संस्थाको बार्षिक प्रतिवेदन र कोषाध्यक्षले आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने छन् । त्यसै अवसरमा यस प्रदेश निर्वाचन क्षेत्र अन्तर्गत रहेका साविक ७ गाविसका पुर्व सभापतिहरुलाइ सम्मान गरिने छ ।

त्यसैगरी यस क्षेत्रबाट विभिन्न भात्रृ संस्थामा नेतृत्व गरिसकेका पुर्व सभापतिहरुलाइ पनि सम्मान गरिने छ । त्यसैगरी कार्यक्रममा यस क्षेत्र अन्तर्गतका ज्येष्ठ क्रियाशिल सदस्यहरु मध्येबाट एक जना र ज्येष्ठ क्षेत्रीय प्रतिनिधिहरु मध्येबाट एक जनालाइ सम्मान गरीने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा प्रदेश सभापति प्रकाश श्रेष्ठले जानकारी दिएका छन् ।

त्यसैगरी दोस्रो सत्र बन्द सत्र रहने छ । यो अवधिमा यस क्षेत्र अन्तर्गतका घोराही उपमहानगरपालिकाका ७ वडा र वगलाचुलि गाउपालिकाका ८ गरी जम्मा १५ वटा वडाका कम्तिमा ३ सय ५ जना क्षेत्रीय प्रतिनिधिहरुको सहभागिता रहने बताइएको छ । सो बन्द सत्रमा नेपाली कांग्रेस क्षेत्र नं २(क)को भावि योजनाका विषयमा छलफल हुने र योजना तर्जुमा हुने पनि आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे