LISTEN LIVE RADIO

आशाका किरण संस्थाद्वारा न्यानो माया कार्यक्रम : जेष्ठ नागरिकहरु न्यानो कपडा पाउँदा हर्षित



भालुवाङ ७ माघ । दाङ देउखुरीको राप्ती गाउँपालिकामा रहेकाे आशाका किरण संस्थाले न्यानाे माया कार्यक्रम सुरु गरेकाे छ ।  जाडाे माैसममा जेष्ठ नागरिकहरु बढी समस्यामा पर्ने गरेका कारण उनीहरुलाई माया दिन र जाडाेबाट बचाउन न्यानाे कपडा वितरण सुरु गरेकाे हाे । गरिव तथा अतिविपन्न परिवारलाई  प्राथामिकतामा राखेर संस्थाले साे कार्यक्रम सुरू गरेकाे संस्थाका अध्यक्ष अशोक बेल्वासेले जानकारी दिएका छन् ।

यसै क्रममा  शनिबार राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङमा ३० जना अति विपन्न तथा गरिव परिवारका जेष्ठ नागरिकलाई न्यानो माया कार्यक्रम अन्तरगत न्यानो कपडा वितरण गरेको छ ।  आशाका किरण संस्थाले वडा कार्यालय सँगको समन्वयमा ३० थान न्यानो तन्ना प्रदान गरेको हो । जाडोको समयमा जेष्ठ नागरिकहरूलाई बचाउन न्यानो कपडा वितरण गरेको संस्थाका अध्यक्ष बेल्वासेले जानकारी दिएका छन् । मानवीय सेवा स्वरुप संस्थाले सो न्यानो कपडा वितरण गरेको हो । न्यानो कपडा पाएपछि जेष्ठ नागरिकहरू समेत खुसी भएका छन् ।

संस्थाका अध्यक्ष अशोक बेल्वासेको अध्यक्षता एवम् राप्ती गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष गेमबहादुर खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा सदस्य चुमानसिंह खत्री, पत्रकार बलराम शाही लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।  कार्यक्रममा संस्थाका महासचिव लोकमणी भुसाल, सचिव थमन राना, साधारण सदस्यहरू पवित्रा विक, स्वस्तिका खनाल, सुस्मिता थापा, सिर्जना थापा, लक्ष्मी पोख्रेल, प्रेस संयोजक ओमप्रकाश गुप्ता लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे