LISTEN LIVE RADIO

पब्लिक एकेडेमी लालमटियाले माघ १२ गते पन्धौँ बार्षिक उत्सवलाई मणिभ उत्सवका रूपमा मनाउने



पब्लिक एकेडेमी लालमटियाले माघ १२ गते पन्धौँ बार्षिक उत्सवलाई मणिभ उत्सवका रूपमा मनाउने

भालुवाङ ३० पुस । दाङ-देउखुरीको राप्ती गाउँपालिका-२, लालमटिया स्थित देउखुरी शिक्षा सहकारी संस्थाद्वारा सञ्चालित प्रब्लिक एजुकेशन एकडेमीले यही माघ १२ गते विभिन्न कार्यक्रमको आयोजना गरी आफ्नो पन्धौँ बार्षिक उत्सव तथा मणिभ उत्सव मनाउने भएको छ ।

वि.सं. २०६४ चैत देखि सञ्चालनमा आएको उक्त एकडेमीले आफ्नो स्थापनाको १५ बर्ष पुरा गरेको भन्दै विद्यालयले माघ १२ गते श्रीपञ्चमीका दिन पन्धौँ बार्षिक उत्सवलाई मणिभ उत्सवका रूपमा मनाउन लागेको हो ।

विद्यालयले अहिले आफ्नै भवनबाट कक्षा १० सम्म पढाई सञ्चालन गरिरहेको छ । विद्यालयमा अहिले कक्षा नर्सरी देखि कक्षा १० सम्म ८६७ जना विद्यार्थीहरू अध्ययनरत छन् भने ४८ जनाले शिक्षक शिक्षिकाहरूले अध्यापन गर्दै आएका छन् ।

यसैबीच एकडेमीले शनिबार पत्रकार भेटघाटको कार्यक्रम गरी उक्त कार्यक्रमको बिषयमा बृहत्त रूपमा जानकारी समेत गराएको छ । विद्यालय व्यवस्थापन समितीका अध्यक्ष हिमानन्द पाण्डेको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रममा विद्यालय सञ्चालक समितीका अध्यक्ष जिबराज शर्माले माघ ७ गते देखि १२ गते विभिन्न कार्यक्रमको आयोजना गरी मणिभ उत्सव मनाउन लागेको जानकारी दिए ।

उनको अनुसार विद्यालयले माघ ७ गते बिहान ८ बजे प्रभातफेरि, सोही दिन दिउँसो २ बजे निलसागर सेवा आश्रममा खाद्यान्न सहयोग, माघ ८ गते रक्तदान, सोही दिन बिहान ११ बजे खेलकुद प्रतियोगिता उद्घाटन, माघ ९ गते बिहान १० बजे प्रतिभा पहिचान कार्यक्रम, माघ १० गते बिहान साढे १० बजे राप्ती गाउँपालिका मावि स्तरिय हाजिरी जवाफ प्रतियोगिता, माघ ११ गते बिहान साढे ११ बजे राप्ती गाउँपालिका मावि स्तरिय लोक नृत्य प्रतियोगिता, सोही दिन दिउँसो १ बजे जेष्ठ अभिभावक सम्मान कार्यक्रम र माघ १२ गते श्री पञ्चमीका दिन मणिभ उत्सव तथा पन्धौँ बार्षिक उत्सव समारोहको आयोजना गरी मणिभ उत्सव मनाउन लागेको जानकारी दिए ।

विद्यालय व्यवस्थापन समितीका सदस्य केशबराज आचार्यको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रममा राप्ती प्रेस मञ्चका मुख्य संरक्षक महेशचन्द्र रिजाल, मञ्चकै बरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गुप्ता, मञ्चका दोस्रो उपाध्यक्ष जमिर शाह, महासचिव ओमप्रकाश गुप्ता, सचिव ओमप्रकाश गुप्ता, पत्रकार अरूण पौडेल र देउखुरी शिक्षा सहकारी संस्थाका सचिव बासुदेब न्यौपाने लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन एकेडमीका प्रिन्सीपल बिक्रान्त ज्ञवालीले गरे ।

यस्तो छ,विज्ञप्तीको पूणर्पाठ

पब्लिक एजुकेशन एकेडेमी
राप्ती-२, देउखुरी, दाङ
लुम्बिनी प्रदेश, नेपाल

मिति २०७९/०९/३०

श्री पत्रकार मित्रहरु !
सादर नमस्कार !

                                                                                              प्रेस विज्ञप्ती
यस पब्लिक एजुकेशन एकेडेमी राप्ती गाउँपालिका-२ बराखुट्टी, देउखुरी, दाङले शैक्षिक यात्रा सफलतापूर्वक १५ वर्ष पूरा गरेको अवसरमा विभिन्न कार्यक्रम गरी १५ औं वार्षिक उत्सवलाई ‘‘मणिभ उत्सव’’को रुपमा मनाउन लागेको जानकारीका लागि आजको पत्रकार भेटघाट कार्यक्रम आयोजना गरिएको छ ।
स्थानीय समाजसेवी, शिक्षाप्रेमीहरुको सक्रियतामा साविक लालमटिया गा.वि.स. को वडा नं. ७ बराखुट्टीमा देउखुरी शिक्षा सहकारी संस्था लि.द्वारा नाफामूलकभन्दा सेवामूलक भई सञ्चालन गर्ने गरी वि.सं. २०६४ सालमा ‘‘सर्वसुलभ र गुणस्तरीय शिक्षा ः देउखुरी शिक्षा सहकारी संस्थाको प्रतिबद्धता’’ भन्ने उद्देश्यका साथ स्थापना गरिएको यस विद्यालयले शुरुका वर्षदेखि नै न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको र जिल्लामै उत्कृष्ट नतिजा हासिल गरिरहेको सहर्ष सुनाउन चाहन्छौं ।
यस विद्यालयका उत्पादन शैक्षिक मानव संसाधन स्थानीय, राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरमै प्रतिस्पर्धा गर्न लायक अब्बल, सक्षम र सफल रहेको र भई नै रहने कुरालाई विश्वस्त पार्न चाहन्छौं । ‘‘ज्ञान, सीप, संस्कारयुक्त, गुणस्तरीय शिक्षा ः पब्लिक एजुकेशन एकेडेमीको प्रतिबद्धता’’ भन्ने आदर्श वाक्यका प्रत्येक शब्दहरुको मूल मर्मलाई साकार पार्ने हाम्रो ध्येय रहेको स्पष्ट पार्न चाहन्छौं ।
हामीलाई विश्वास गरी आफ्ना बाबुनानीको भविष्य निर्माण गर्न यस विद्यालयमा अध्ययन गर्न पठाउनुहुने अभिभावकज्यूहरुलाई हामी सदैव उच्च सम्मान गर्छौं । हाम्रा विद्यार्थीहरुलाई सफल, खुसी र सुखद जीवनयापनको अनुभूतिका लागि ‘‘सफल जीवनका लागि प्रतिभा पहिचान ः पब्लिक एजुकेशन एकेडेमीको सार्थक अभियान’’ कार्यक्रम सञ्चालन गरिरहेको ध्यानाकर्षण गराउन चाहन्छौं ।
शैक्षिक तथा भौतिक व्यवस्थापन, कार्यरत जनशक्ति परिचालन, अभिभावक भूमिका एवं विद्यार्थी उत्प्रेरणाको मामलामा हामीले पृथक प्रकारले ठोस, वैज्ञानिक र व्यवहारिक गुरु योजना बनाई संस्थागत चतुर्थ पक्ष (शिक्षक, विद्यार्थी, अभिभावक र शेयर सदस्यहरु) सहभागितामूलक ढंगले सफल कार्यान्वयन गरेको यथार्थ तथ्य उजागर गर्न चाहन्छौं ।

सफलताको इतिहास सुनौला अक्षरले कोर्दै अगाडि बढिरहेको यस विद्यालय लुम्बिनी प्रदेश राजधानी क्षेत्रकै उत्कृष्ट विद्यालयको रुपमा आफूलाई उभ्याएर उच्च शिखरको साख र गरिमाको अविचलित यात्रामा निसन्देहपूर्वक अघि बढिरहेको पब्लिक एजुकेशन एकेडेमीको ऐतिहासिक पृष्ठभूमि, वर्तमान अवस्था र भावी कार्ययोजनालाई सगौरव राख्न चाहन्छौं ।
ऐतिहासिक पृष्ठभूमि
विद्यालय स्थापना हुनु पूर्वका दिनहरुमा देशमा सशस्त्र संघर्ष चलिरहेको थियो । विभिन्न राजनैतिक तथा शिक्षासँग सरोकार राख्ने शक्ति संगठनका व्यक्तिहरुले दुई किसिमको शिक्षा प्रणालीको विरोध गर्दै निजि विद्यालयहरु बन्द गरिरहेको परिपे्रक्षमा एकातिर थियो भने सरकारी विद्यालयबाट असन्तुष्ट अभिभावकहरु चाहेमा आफ्ना सन्तानहरुलाई गुणस्तरीय शिक्षा दिन अभिभावकहरुकै लगानी र व्यवस्थापनमा विद्यालय सञ्चालन गर्न आवश्यकता महसुुस गरिरहेको अवस्थामा समाजवादी राज्य प्रणाली विकास गर्नका लागि उत्पादनका साधनहरुमा नागरिकहरुको स्वामित्व कायम गर्ने पहिलो आधार सहरकारी भएको तथ्यलाई मनन गर्दै सन्तान तथा सरोकारवालाहरु अभिभावकहरुलाई शेयर सदस्य बनाई देउखुरी शिक्षा सहकारी संस्था लि. स्थापना गरियो र सो कै व्यवस्थापनमा यस विद्यालय सञ्चालनमा आएको स्मरण गराउन चाहन्छौं ।
अहिले पनि देउखुरी शिक्षा सहकारी संस्था लि. का १८३ जना शेयर सदस्य रहेका छन् र शेयर सदस्य संख्या थप गर्नका लागि कुनै पनि प्रकारको निषेध छैन जसले सहकारीको खुल्ला सदस्यताको भावनालाई समावेश मात्र गरेको छैन साथमा निजिकरणको नाफाखोरी चिन्तनमाथि धावा बोलेको छ । यस अर्थमा सरकारले भन्ने गरेको सामुदायिक विद्यालयको चिन्तनको व्यवहारिक अभ्यास हाम्रो यसै विद्यालय पब्लिक एजुकेशन एकेमीले गरिरहेको दिनको घाम झैं छर्लङ्ग भएको देखाउन चाहन्छौं ।
जिल्ला शिक्षा कार्यालय दाङले सहकारी संस्थालाई विद्यालय सञ्चालन गर्ने अनुमति नदिएपछि कम्पनी रजिष्ट्रार कार्यालयमा विद्यालय दर्ता गरी सो निकायबाटै स्वीकृति लिई सञ्चालन भइरहेको यस विद्यालयलाई हामी शेयर सदस्यहरुको अझै पनि संघ, प्रदेश तथा स्थानीय सरकारले आवश्यक ऐन कानुन बनाई सहकारीबाटै विद्यालयहरु सञ्चालन गर्न दिनै पर्छ भन्ने अडान कायमै रहेको सम्बन्धित सरोकारवाला सबैलाई दृढतापूर्वक बोध गराउन चाहन्छौं ।
क) शैक्षिक पक्षको ऐतिहासिक अवस्था
 वि.सं. २०६४ मा कक्षा नर्सरी देखि कक्षा ३ सम्म सञ्चालन ।
 वि.सं. २०६६/५/३० मा प्रा.वि. तह स्वीकृती तथा अनुमति ।
 वि.सं. २०६६/१२/२४ मा निमावि कक्षा ८ सम्मको स्वीकृति ।
 वि.सं. २०६८/०५/२५ मा मावि कक्षा ९ सम्मको स्वीकृति ।
 वि.सं. २०६९/०२/२२ मा मावि कक्षा १० सम्मको स्वीकृति ।
विद्यालयका प्र.अ.हरु
श्री त्रिभुवन भट्टराई २०६४ देखि २०६६ सम्म
श्री तुलसीराम पौडेल २०६६ देखि २०७१/१२/३० सम्म
श्री विष्णु प्रसाद पोखे्रल २०७१/१२/३० देखि २०७३/०४/०८ सम्म
श्री विक्रान्त ज्ञवाली २०७३/०४/०८ देखि हालसम्म
स्थापना कालदेखि हालसम्मको विद्यार्थी संख्या र शिक्षक कर्मचारी संख्या विवरण
शै.स. २०६४ ०६५ ०६६ ०६७ ०६८ ०६९ ०७० ०७१ ०७२ ०७३ ०७४ ०७५ ०७६ ०७७ ०७८ ०७९
वि.स. १४३ २०३ २७५ ५७२ ५९७ ६४१ ६६६ ७७८ ८४७ ९०२ ९६४ ९५७ १०१८ ८९० ८९१ ८६७
शि.क.स. ७ १० १२ २७+४ २७+४ २७+४ २७+२ ३३+२ ४३ ४३ ४५ ४५ ४७ ४३ ४६ ४८

सञ्चालक समिति तथा विव्यस अध्यक्षहरु
श्री श्रीकृष्ण शर्मा संस्थापक अध्यक्ष वि.सं. २०६४ देखि २०७१ सम्म र पब्लिक एजुकेशन एकेडेमीको अध्यक्ष २०७४ देखि वि.सं. २०७९/०६/२९ सम्म ।
श्री पदम रिजाल अध्यक्ष दे.शि.स.सं. वि.सं. २०७१/०८/२७ देखि २०७४/०८/२२ सम्म ।
श्री हरि बेल्वासे अध्यक्ष दे.शि.स.सं. २०७४/०८/२३ देखि २०७७/०९/१८ सम्म ।
श्री चित्रम चौधरी अध्यक्ष दे.शि.स.सं. वि.सं. २०७७/०९/१९ देखि हाल सम्म ।
श्री जीवराज शर्मा अध्यक्ष सञ्चालक समिति पब्लिक एजुकेशन एकेडेमी वि.सं. २०७९/०६/३० देखि हालसम्म
श्री हिमानन्द पाण्डे अध्यक्ष वि.व्य.स. पब्लिक एजुकेशन एकेडेमी वि.सं. २०७९/०६/३० देखि हालसम्म
विद्यालयमा स्थापना भएका शैक्षिक प्रतिष्ठान तथा कोषहरु
विन्दु रिजाल पौडेल प्रतिष्ठान (संस्थापक श्री विष्णु पौडेल)
शैक्षिक कल्याण कोष (संस्थापक श्री केशवराज आचार्य)
ख) भौतिक पक्षको ऐतिहासिक अवस्था
 वि.सं. २०६४ मा शेयर सदस्य श्री हरिकृष्ण शर्माको मिल घरमा विद्यालय सञ्चालन ।
 वि.सं. २०६४ मा २ वटा रिक्सा र वि.सं. २०६५ मा थप १ वटा रिक्सा खरिद गरिएको ।
 पहिलो छोटो स्कूल बस पोखाराबाट रा.१.क.४१९ मिति वि.सं. २०६६ मा किनेर ल्याएको र पछि बेचेको ।
 वि.सं. २०६६ मा ००-०३-१७ क्षे.फ. र बाटो पर्ने ००-००-०८ क्षे.फ. गरी ००-०४-०५ क्षेत्रफलको जग्गा खरिद गरेको ।
 वि.सं. २०६६ मा शेयर सदस्य श्री कमला शर्माको घरको भुइँतल्ला समेत भाडा लिई कक्षा सञ्चालन ।
 वि.सं. २०६७ मा राजमार्गको उत्तरतर्फ सन्तबहादुर कुमाल (दोरङ्गा)को घरको कोठा समेत भाडामा लिइएको ।
 वि.सं. २०६७ मा अहिलेको दक्षिणतर्फको पहिलो तल्ला भवन निर्माण गरिएको ।
 वि.सं. २०६७ मा शेयर सदस्य भिमबहादुर बुढाथोकीको घरको कोठा समेत भाडामा लिइएको ।
 वि.सं. २०६८ मा दक्षिण तर्फको दोस्रो तल्ला भवन निर्माण गरिएको ।
 वि.सं. २०६९ मा उत्तर तर्फको पहिलो तल्ला भवन निर्माण गरिएको ।
 वि.सं. २०६९/२०७० मा तत्कालीन प्र.अ. तुलसीराम पौडेलको घरमा एस.एल.सी. तयारी कक्षा होस्टेल सञ्चालन गरिएको ।
 वि.सं. २०६९ मा भुवानन्द भुसालको घर समेत भाडामा लिई कक्षा सञ्चालन गरेको ।
 दोस्रो लामो स्कूल बस बुटवलबाट रा २ ख ७७२ मिति वि.सं. २०६९ मा किनेर ल्याएको र पछि बेचेको ।
 वि.सं. २०७० मा उत्तर तर्फको दोस्रो तल्ला भवन निर्माण गरिएको ।
 तेस्रो छोटो स्कूल बस बुटवलबाट रा १ क ३७५ मिति वि.सं. २०७० मा किनेर ल्याएको हालसम्म चालु
छ ।
 अर्को लामो बस बुटवलबाट रा २ ख ७७१ मिति वि.सं. २०७१ मा किनेर ल्याएको र पछि बेचेको ।
 वि.सं. २०७१ मा पर्खाल निर्माण गरिएको ।
 वि.सं. २०७१ मा तेस्रो तल्ला भवन निर्माण गरिएको ।
 वि.सं. २०७२ मा पूर्व दक्षिण तर्फको शौचालयसँग जोडी तीन तल्ले भवन निर्माण गरिएको ।
 वि.सं. २०७४ मा उत्तर पूर्वको क्यान्टिन ब्लक चार तल्ला निर्माण गरिएको ।
 नयाँ छोटो बस रा १ क १०५४ मिति वि.सं. २०७५ मा किनेर ल्याएको हाल सम्म चालु छ ।
 नयाँ लामो बस रा १ क ११३२ मिति वि.सं. २०७६ मा किनेर ल्याएको हालसम्म चालु छ ।
 वि.सं. २०७५ मा विद्यालयको दक्षिण तर्फ ०-१-१ क्षेत्रफल जग्गा खरिद गरिएको ।
भौतिक व्यवस्थापनमा माउ संस्था देउखुरी शिक्षा सहकारी संस्था मार्फत एवं सबैको समुचित प्रकारको सहयोग भयो भने शैक्षिक व्यवस्थापनतर्फ शिक्षक कर्मचारी एवं सबै पक्षको सहयोगले स्थापना कालदेखि सबै कक्षाको विद्यार्थीको सिकाइ उपलब्धि यस क्षेत्रकै उत्कृष्ट रही रहेको छ भने आधारभूत तह (कक्षा ८) र एस.ई.ई परीक्षामा पनि विगतका वर्ष जस्तै यस २०७८ मा पनि जिल्लामै उत्कृष्ट नतिजा हासिल भएको छ । राप्ती गाउँपालिकामा संस्थागत विद्यालयतर्फबाट सर्वोत्कृष्ट विद्यालय र सर्वोत्कृष्ट प्रधानाध्यापकका रुपमा सम्मान एवं पुरस्कृत भएको समेत सगर्व सहर्ष जानकारी गराउन चाहन्छौं ।

 

वर्तमान अवस्थाः
१.कक्षा नर्सरीदेखि कक्षा १० सम्म जम्मा विद्यार्थी संख्या ८६७ रहेको छ ।
२.शैक्षिक क्रियाकलापलाई समय अनुकूल प्रतिसपर्धी बनाउनका लागि थप नयाँ क्रियाकलाप सञ्चालन गरिदै आइरहेको छ ।
३. कक्षा १० का विद्यार्थीका लागि होस्टेल सञ्चालन गरिएको छ ।
४. कम्प्युटर प्रयोगात्मक कक्षा सञ्चालनका निम्ति कम्प्युटर ल्याबलाई व्यवस्थित गरिएको छ ।
५. विद्यार्थीको चौतर्फी विकासका निम्ति विज्ञान प्रदर्शनी र शुक्रवारे अतिरिक्त क्रियाकलापहरु सञ्चालन गर्दै आइरहेको छ ।
६. सफ्टवयरबाट आर्थिक कारोवार गर्न सुरुवात गरिएको छ ।
७. बैंकिङ सिस्टममा कारोवार गरिएको छ ।
८. डे बुक एकाउन्ट सिस्टम व्यवस्थापन गर्ने प्रयास गरिएको छ ।
९. शैक्षिक सत्र २०८० देखि कक्षा ११ सञ्चालन अनुमतिका लागि निकायमा फाइल पेस गरिएको छ ।
नयाँ शैक्षिकसत्र २०८० को लागि प्रस्तावित कार्यक्रमहरु ः
भौतिक व्यवस्थापन तर्फ (प्राथमिकीकरणका आधारमा क्रमागत रुपमा सञ्चालन गरिने)
१. पुस्तकालय व्यवस्थापन गर्ने
२. विज्ञान प्रयोगशाला व्यवस्थापन गर्ने
३. किन्डर गार्डेनको उपयुक्त व्यवस्थापन गर्ने
४. झ्याल ढोका तथा आवश्यक फर्निचर व्यवस्था गर्ने
५. साइकल स्ट्याण्ड निर्माण गर्ने
६. विद्यालय हाता भित्रको फोहोर व्यवस्थापन गर्ने
७. भण्डारण कक्ष निर्माण गर्ने
८. मिनि प्रेस सञ्चालन गर्ने
९. एलेक्ट्रिकल बेल खरीद गर्ने
१०. विद्युतीय हाजिरी मेसिनको व्यवस्था गर्ने
११. थप कम्प्युटर खरिद गर्ने
शैक्षिक व्यवस्थापन (नविकरण – निरन्तरता – नविनतम कार्य)
– विशेष कार्यक्रम ः विद्यालय स्थापनाको १५ वर्ष पूरा भएको उपलक्ष्यमा वार्षिक उत्सवलाई यस वर्ष ‘‘मणिभ उत्सव’’ मनाउने
१. शिक्षक तालिमको व्यवस्था
२. स्मार्ट वोर्डको व्यवस्थापन
३. इ लाइब्रेरी निर्माण तथा व्यवस्थापन
४. बुक कर्नर
५. शिक्षक कर्मचारी प्रोत्साहन तथा सजाय
६. मार्ग निर्देशन/परामर्श कार्यक्रम
७. कार्य सम्पादन मूल्यांकन
८. क्षमता विकास कार्यक्रम
९. प्लस टु अनुमति
१०. शिक्षकलाई नमुना विद्यालय भ्रमण
११. अन्तर विद्यालय सिर्जनात्मक कला प्रतियोगिता
१२. विद्यालयमा सि.सि. क्यामरा जडान
१३. प्राविधिक तथा व्यवसायिक शिक्षाको पहल
१४. वार्षिक उत्सव/अभिभावक दिवस मनाउने
१५. अतिरिक पाठ्यक्रम क्रियाकलाप सुव्यवस्थापन
१६. मानव मूल्य शिक्षा
१७. उच्च अनुशासन कायम
१८. पूणर् आवासीय शिक्षा
१९. भित्ते पत्रिका प्रकाशनको निरन्तरता
यस विद्यालय पब्लिक एजुकेशन एकेडेमीद्वारा आयोजित ‘‘पत्रकार भेटघाट’’ कार्यक्रममा उपस्थित पत्रकारज्यूहरुले यही २०७९ माघ १२ गते सरस्वती पूजा(श्रीपञ्चमी)का दिन सम्पन्न गरिने विद्यालयको १५ औं वार्षिक उत्सवलाई ‘‘मणिभ उत्सव’’का रुपमा मनाउने सन्दर्भमा आयोजना गरेका तपसिलका विविध कार्यक्रमहरु सफल पार्न आ-आफ्नो सञ्चार माध्यमबाट प्रकाशन तथा प्रसारण गरिदिएर महत्वपूणर् सहयोग गर्नुहुनेछ भन्ने आशा एवं विश्वास राखेका छौं ।
कार्यक्रमहरु
१. पत्रकार भेटघाट : २०७९ पौष ३० गते बिहान ९ बजे
२.(क) प्रभातफेरी कार्यक्रम : २०७९ माघ ७ गते बिहान ८ बजे
(ख) निल सागर सेवा आश्रम खाद्यान्न सहयोग : २०७९ माघ ७ गते दिनको २ बजे
३.(क) रक्तदान : २०७९ माघ ८ गते बिहान ८ बजे
(ख) खेलकुद प्रतियोगिता उद्घाटन : २०७९ माघ ८ गते बिहान ११ बजे
४. प्रतिभा पहिचान कार्यक्रम : २०७९ माघ ९ गते बिहान १० बजे
५. राप्ती गा.पा. मा.वि. स्तरीय हाजिरीजवाफ प्रतियोगिता : २०७९ माघ १० गते बिहान १०ः३० बजे
६.(क) राप्ती गा.पा. मा.वि. स्तरीय लोकनृत्य प्रतियोगिता : २०७९ माघ ११ गते बिहान १०ः३० बजे
(ख) ज्येष्ठ अभिभावक सम्मान : २०७९ माघ ११ गते दिनको १ बजे
७. मणिभ उत्सव (पन्ध्रौं वार्षिकोत्सव) समारोह : २०७९ माघ १२ गते श्रीपञ्चमी
क) प्राण प्रतिष्ठा एवं सरस्वती पूजा
ख) अक्षरारम्भ तथा निःशुल्क भर्ना (प्ले ग्रुप/नर्सरी)
ग) विज्ञान प्रदर्शनी
घ) चित्रकला प्रदर्शनी
ङ) सांस्कृतिक कार्यक्रम
च) अभिभावक शिक्षा
छ) सम्मान तथा पुरस्कार वितरण
ज) समापन
धन्यवाद !

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे