LISTEN LIVE RADIO

राजधानी व्यवस्थापन गर्ने चुनाैती र संभावना काँधमा आएको छ : मुख्यमन्त्री गिरी



राजधानी व्यवस्थापन गर्ने चुनाैती र संभावना काँधमा आएको छ : मुख्यमन्त्री गिरी

भालुवाङ ३० पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले राजधानी व्यवस्थापन गर्ने चुनाैती र संभावना आफ्नो काँधमा आएको बताएका छन् ।

प्रेस चाैतारी नेपाल लुम्बिनी प्रदेशको शनिबार दाङको राप्ती गाउँपालिकामा आयोजित तेस्रो विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले सो कुरा बताएका हुन् । प्रमुख अतिथि समेत रहेका मुख्यमन्त्री गिरीले प्रदेशको स्थायी राजधानी देउखुरीमा अब स्थायी संरचना निर्माणको कामलाई तीव्रता दिइने बताएका छन् ।
समग्र प्रदेश सरकार सफल भयो भने सिंगो मुलुक नै सफल हुने र नागरिकको जीवनस्तर माथि उठ्ने भन्दै मुख्यमन्त्री गिरीले यसको लागि सन्चार जगतको सहयोग अपरिहार्य हुने बताएका छन् ।

त्यस्तै उनले केपी ओली मुलुकको सर्वाधिक लोकप्रिय नेता भएको बताएका छन् । मुलुकको अहिलेको राजनीतिक नेतृत्वमा केपी ओली नै जनतामा सर्वाधिक लोकप्रिय नेता भएको उनको भनाई छ ।

२०७७ पुस ५ मा तत्कालीन प्रधानमन्त्री ओलीले संसद विघटन नगरेको भए ओली सडकमा आउने र त्यस्तो अवस्था आएको भए मुलुक निकै नै संकटपूर्ण अवस्थामा पुगेको हुने भन्दै मुख्यमन्त्री गिरीले संसद विघटन गरेर ओलीले मुलुकलाई संकटमा जानबाट जोगाएको टिप्पणी गरेका थिए ।

चाैतारी लुम्बिनी प्रदेश कमिटी अध्यक्ष शोभाकर पन्थीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव निरू गाैतमले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे