शितगंगा नगरपालिकाद्वारा गर्भवती महिलाहरुको भिडियो एक्सरेसहित निःशुल्क स्वास्थ्य परीक्षण



शितगंगा नगरपालिकाद्वारा गर्भवती महिलाहरुको भिडियो एक्सरेसहित निःशुल्क स्वास्थ्य परीक्षण

अर्घाखाँची २३ पुस । अर्घाखाँचीको शितगंगा नगरपालिकाले गाउँमै पुगेर गर्भवती महिलाहरुको भिडियो एक्सरे सहित निःशुल्क स्वास्थ्य परीक्षण शुरु गरेको छ ।

गर्भमा रहेको शिशु तथा आमाको स्वास्थ्य कस्तो छ भनेर थाहा पाउन भिडियो एक्सरे तथा निःशुल्क स्वास्थ्य परीक्षण गरिएको नगरपालिकाका मेयर छविलाल पौडेलले बताए । यो क्षेत्रका गर्भवती महिलालाई स्वास्थ्य परीक्षणकै लागि सन्धिखर्क तथा बुटवल जानुपर्ने बाध्यता थियो । नगरपालिकाको यो कार्यक्रमले गर्भवती महिलाहरुलाई सुविधा भएको पौडेलको भनाइ छ । यो कार्यक्रम नगरपालिकाभित्र रहेका सबै १४ वटै वडामा रहेका स्वास्थ्य केन्द्रमा सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे