LISTEN LIVE RADIO

लमही नगरपालिकाकाे समस्या समाधानका लागि जनदवाव आवश्यक



लमही नगरपालिकाकाे समस्या समाधानका लागि जनदवाव आवश्यक

लमही २१  पुस । प्रमुख प्रशासकिय अधिकृतको विषयको विवाद समाधान नहुँदा ठप्प प्राय भएको लमही नगरपालिकाको कामकाज प्रभावकारी बनाउन जनदवाव आवश्यक देखिएको छ ।

लमही नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र बहादुर डाँगी संग जनप्रतिनिधी र अन्य कर्मचारी विच लामो समय देखी विवाद कायमै रहदा नगपालिकाबाट काम संचालन हुन नसकेपछि राजनीतिक दलहरु समेत यस विषयमा चाँसो देखाउन थालेका छन् । नेकपा माओवादी केन्द्र लमही नगर समितिले लमहीमा पत्रका भेटघाट कार्यक्रमको आयोजना गरी लमही नगपालिकामा रहेको विवाद समाधानको लागि नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकिय अधिकृत आफैले यथासक्य पहल नथाले आफ्नो पार्टीले हस्तक्षेप गर्ने चेतावनी समेत दिएको छ ।

माओवादी केन्द्रका लमही नगर अध्यक्ष डिल कुमार श्रेष्ठले लामो समय सम्म लमही नगरलाई अनिर्णयको बन्दी बनाएर जनताको समस्यालाई पन्छाउने काममा लागेको भन्दै प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र बहादुर डाँगीको सरुवा गर्नुको विकल्प नरहेको बताएको छ । पत्रकार भेटघाट कार्यक्रममा नेकपा माओवादी केन्द्र लमही नगर इन्चार्ज बसन्तराज शर्मा विक्रान्तले दिर्घ रोगबाट पिडीतहरुको फाइल राेकिनु, योजना सम्झौता एवं भुक्तानी,सामाजिक सुरक्षा भक्ता, कर्मचाी पारिश्रमीक रोकीनु जनप्रतिनिधीले वेवास्था गर्नुले लमही नगपालिकामा सक्षम नेतृत्व असफल भएको पुष्टी हुने बताए ।

उनले जनताको काम रोकिन नहुने भन्दै जनता आफै नगरपालिकामा दवावको लागि आउने र त्यसवाट उत्पन्न हुने परिस्थितीको जिम्मेवार नगरपालिकाको नेतृत्व हुनुपर्ने तर्क गरे । यस्तै लमही नगपालिका वडा नम्ब ५ का वडा अध्यक्ष ओमप्रकाश सुवेदी सागरले वडा अध्यक्ष लगायतका जनप्रतिनीधी प्रमुख प्रशासकिय अधिकृतबाट पिडीत भएको बताए। उनले आफु राजनीतिक दलको हिसावले प्रतिनिधीत्वको हिसावले एकल रहेपनि जनमुखी काममा निन्तर लाग्ने प्रतिवद्धता जनाए ।

कर्मचारीको विषयलाई लिएर राजनीतीकरण भन्दा जनता र कर्मचारीले मन नपाउने कार्यालय प्रमुख एउटै कार्यालयमा बसिहनुको औचित्य केहो ? भन्दै प्रश्न गरे । यस्तै नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका सदस्य रामप्रसाद घिमिरेले आफ्नो सधै जनतामा रहने भन्दै एकजना कर्मचारीका कारण लमही नगरपालिका अनिर्णयको बन्दी हुन नहुने बताए । लमही नगपालिकामा नगर प्रमुख र उप प्रमुख वाहेकका सबै कार्यपालिका सदस्य अधिकाश कर्मचारीले प्रमुख प्रशासकिय अधिकृतको मनोमानी बढेको भन्दै उनको सरुवाको माग गर्दै आइरहेका छन् । प्रमुख प्रशासकिय अधिकृत डाँगीले भने नगर प्रमुख र उप प्रमुखले आफुलाइृ लमही नगरपालिकामा आउन आग्रह गरेको उनीहरुबाटै विषय समाधान हुनुपर्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे