लुम्बिनीमा नेपाली कांग्रेस संसदीय दलकाे नेता छान्न निर्वाचन तालिक सार्वजनिक



लुम्बिनीमा नेपाली कांग्रेस संसदीय दलकाे नेता छान्न निर्वाचन तालिक सार्वजनिक

भालुवाङ १८ पुस । नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलकाे नेता चयन गर्न निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ। जसअन्तर्गत साेमबार बिहान ८ बजेदेखि ९ बजेकाे समय मनाेनयन दर्ताकाे लागि समय दिइएको छ।

सहमतिमा दलकाे नेता चयन गर्ने प्रयास भइरहेकाे प्रदेशसभा सदस्य तथा नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिका प्रवक्ता प्रचण्ड विक्रम न्याैपानेले जानकारी दिए।

संसदीय दलकाे नेतामा कांग्रेस नेता डिल्लीबहादुर चाैधरी र अब्दुल रज्जाक आकांक्षी छन् । दुई जना मध्ये एक जनाकाे नाम सहमतिमा टुंगो लगाउने प्रयास भइरहेकाे बताइएको छ। नेपाली कांग्रेस लुम्बिनी प्रदेशमा दाेस्राे ठूलो दल छ। उसका २७ जना प्रदेशसभा सदस्य छन् ।

निर्वाचन कार्यक्रम तालिका:

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे