लुम्बिनी प्रदेशका सांसदहरूले आज शपथ ग्रहण गर्दै, नवनिर्वाचित सांसदहरू देउखुरी आउने क्रम जारी



लुम्बिनी प्रदेशका सांसदहरूले आज शपथ ग्रहण गर्दै, नवनिर्वाचित सांसदहरू देउखुरी आउने क्रम जारी

भालुवाङ १७ पुस । लुम्बिनी प्रदेशसभा सदस्यहरुले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन् । प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा दिउँसो १ बजे नवनिर्मित प्रदेशसभा भवनमा शपथ ग्रहण गराउन लागिएको हो ।

प्रदेश सभा सदस्यहरूलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ खुवाउने छन् । प्रतिनिधि सभा र अन्य प्रदेश सभामा प्रदेश प्रमुखले ज्येष्ठ सदस्यलाई शपथ खुवाउने र त्यसपछि ज्येष्ठ सदस्यले अरुलाई शपथ खुवाउने व्यवस्था छ ।

तर लुम्बिनीमा प्रदेश प्रमुखले नै सदस्यहरुलाई शपथ खुवाउने गरेका छन् । पहिलो पटक स्थायी राजधानीमा गर्न लागिएको कार्यक्रमको सबै तयारी पूरा भएको प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले जानकारी दिए ।

यसैबीच यता नवनिर्वाचित सांसदहरूलाइ स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा नवनिर्मित संसद भवनमा सपथ ग्रहणा हुने भएपछि नवनिर्मित संसद भवनकाे सजावत सहित सम्पूर्ण तयारी पुरा भएकाे संसद सचिवालयका सचिव दुर्लभ पुनले जानकारी दिएका छन् ।

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा नेकपा एमालेबाट २९, नेपाली कांग्रेसबाट २७, माओवादी केन्द्रबाट ९, राप्रपा र नागरिक उन्मुक्ति पार्टीबाट ४/४ जना, जसपा, लोसपा, जनमत पाटी र स्वतन्त्र ३/३ जना तथा नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबाट एक/एक जना सांसद रहेका छन् ।

यसैबीच आज सपथ ग्रहण हुने भएपछि पूर्वमा पश्चिम नवलपरासी देखि पश्चिममा बर्दिया सम्मका १२ जिल्लाका नवनिर्वाचित सांसदहरू स्थायी राजधानी राप्ती उपत्यका देउखुरी आउन थालेका छन् । केही सांसदहरू हिजाे नै स्थायी राजधानी देउखुरी आइपुगेका थिए भने केही सांसदहरू आज बिहानै देउखुरी तर्फ आउँदै छन् ।

यता स्थायी राजधानी देउखुरी मै नवनिर्वाचित सांसदहरूकाे सपथ ग्रहणा हुने भएपछि देउखुरी क्षेत्रकाे सुरक्षा व्यवस्थामा समेत थप कडाइ गरिएकाे छ । देउख्रुरीकाे भालुवाङ देखि लमही सम्म सुरक्षा व्यवस्थामा कडाइ गरिएकाे जिल्ला प्रहरी कार्यालय दाङका एसपी बिरबहादुर वलीले जानकारी दिएका छन् ।

सपथ ग्रहण कार्यक्रममा पूर्व मुख्यमन्त्री, पूर्व मन्त्रीहरू, पूर्व सांसदहरू, उच्च पदथ अधिकारीहरू लगायतकाे उपस्थिती रहने संसद सचिवालयका सचिव पुनले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे