देउखुरीको लालमटियाबाट ७ जुवाडे पक्राउ, आज दिउँसो सार्वजनिक गरिदै



देउखुरीको लालमटियाबाट ७ जुवाडे पक्राउ, आज दिउँसो सार्वजनिक गरिदै

ओमप्रकाश गुप्ता, भालुवाङ ८ मंसिर ।

दाङको देउखुरीबाट गएराती ७ जना जुवाडे पक्राउ परेका छन् । राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियाबाट गएराती १ बजेको समयमा जुवा खेलिरहेको भन्ने गोप्य सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले जुवाको खालबाट ७ जना जुवाडेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डिएसपी सुमित खड्काले जानकारी दिएका छन् ।

पक्राउ परेका व्यक्तिहरुको नाम र के कति रकम बरामद गरिएको भन्ने विषयमा आज दिउँसो सार्वजनिक गरिने प्रवक्ता खड्काले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे