जनता आधारभुत विद्यालय करङ्गेकाेटकाे अध्यक्षमा : थापा



जनता आधारभुत विद्यालय करङ्गेकाेटकाे अध्यक्षमा : थापा

सिसहनियाँ १३ पुस । राप्ती गाउँपालिका वडा नं. ५ काे जनता आधारभूत विद्यालय करङ्गेकाेटकाे अभिभावक भेला मंगलबार करङ्गेकाेटमा सम्पन्न भएकाे छ।

भेलाले चित्रबहादुर थापा मगरकाे अध्यक्षतामा ९ सदस्य विद्यालय व्यवस्थापन समिति गठन गरेको छ। जसको सदस्यहरुमा भुपलाल थापा मगर, मनाेज दर्लामी मगर, भिमला थापा मगर, देवीसरा थापा मगर, तन बहादुर दर्लामी मगर, मुगी पुजाली, सदस्य सचिव विद्यालयका प्रधानाध्यापक हरिलाल दर्लामी मगर रहेका छन् । शिक्षक प्रतिनिधि पछि चयन गरिने बताइएको छ । त्यस्तै भेलाले बाेधिलाल घर्ती मगरको संयोजकत्वमा ७ सदस्य शिक्षक अभिभावक संघ पनि गठन गरेको छ । जसको सदस्यहरुमा हेम बहादुर राेका मगर, धनी गाहा मगर, दाेर्ण बहादुर समाल मगर, इश्वरी थापा मगर, सुन्तली पुजाली रहेका छन् । भने शिक्षक प्रतिनिधि पछि चयन गरिने बताइएको छ।

भेला निवर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु विककाे अध्यक्षता एवम् राप्ती गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विककाे प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको थियो । कार्यक्रमको संचालन शिक्षक तकमान घर्ती मगरले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे