लमही बसपार्क छेउछाउ सडक अतिक्रम गरी बनाइएका टहरा हटाइयाे



लमही बसपार्क छेउछाउ सडक अतिक्रम गरी बनाइएका टहरा हटाइयाे

श्रवण बस्नेत, लमही ७ मंसिर ।

दाङको लमही बसपार्क छेउछाउ सडक अतिक्रम गरी बनाइएका टहराहरु हटाइएको छ । लमहि नगरपालिकाकाे पहलमा साे टहरा हटाइएको हाे । बस पार्क सडक छेउका स्थानीयहरु सडकमै आउन थाले पछि नगरपालिकाले टहरा हटाइएको हाे ।

सडक छेउमा बनेका दर्जनाै टहराहरु हटाइएकाे हाे । टहरा बन्ने क्रम बढ्दै जान थालेपछि नगरप्रमुख कुलबहादुर केसीकाे निर्देशनमा उक्त ठाउँ खाली गरिएको छ । उक्त ठाउँमा राम्रो ब्यापार हुने गरेकाले स्थानीयले अतिक्रम गरेका थिए । अतिक्रम गरिएको ठाउँ खाली भएपछि अहिले सडक चाैडा हुनुकाे साथै सुन्दर, सफा र जाेखिमबाट पनि मुक्त बनेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे