LISTEN LIVE RADIO

टेकबहादुर गुरुङ र लक्ष्मी महतोले संसद्को गतिविधिमा संलग्न हुन नपाउने



टेकबहादुर गुरुङ र लक्ष्मी महतोले संसद्को गतिविधिमा संलग्न हुन नपाउने

काठमाण्डाै ९ पुस । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ र एमालेका सांसद लक्ष्मी महतो कोइरीले संसदीय गतिविधिमा संलग्न हुन नपाउने भएका छन् । प्रहरी प्रधान कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुरुङ र कोइरीलाई संसदीय गतिविधिमा संलग्न हुन नदिन संसद् सचिवालयलाई पत्राचार गरेका छन् ।

महोत्तरी १ बाट निर्वाचित कोइरीलाई २०७२ भदौ २५ मा मधेस आन्दोलनका बेला सशस्त्र प्रहरीका असई थमन विकको हत्या आरोप लागेको छ । उच्च अदालत जनकपुरले कोइरीलाई मुद्दाको किनारा नलागेसम्म थुनामा राख्न जिल्ला प्रहरी कार्यालय महोत्तरीलाई आदेश दिएको थियो । कोइरी प्रहरीको फरार सूचीमा छन् ।

यस्तै, मनाङबाट निर्वाचित गुरुङविरुद्ध अख्तियारले भ्रष्टाचार अभियोगमा विशेष अदालतमा दायर गरेको मुद्दा अझै विचाराधीन छ । संसद् सचिवालयले अस्ति बिहीवार उनीहरु दुवैलाई शपथ गराएको थियो । दुवैजनाको बारेमा पत्र आएकाले अब संसद्को गतिविधिमा सहभागी नगराइने सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे