राप्तीमा बालबालिकाहरू सँगै जनप्रतिनिधिहरू उदघोषणकला तथा नेतृत्व विकास तालिम सिक्दै



राप्तीमा बालबालिकाहरू सँगै जनप्रतिनिधिहरू उदघोषणकला तथा नेतृत्व विकास तालिम सिक्दै

भालुवाङ ७ पुस । दाङको राप्ती गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष दिपककुमार चाैधरी बालबालिका सँगै उद्घोषणकला तथा नेतृत्व विकास तालिममा सहभागी भएका छन् ।

होटल व्यवसायीमा लागेका चाैधरी पहिलो पटक २०७९ को स्थानीय तह निर्वाचनमा राप्ती गाउँपालिका वडा नम्बर ६ को वडा अध्यक्षमा निर्वाचित भए । तर उनलाई वडाको नेतृत्व कसरी गर्ने र कसरी कार्यक्रम चलाउनु पर्छ भन्ने थाहा छैन् ।

६ नम्बर वडा कार्यालयले पत्थरगढवामा बिहीबार देखि सञ्चालन गरेको २ दिने उद्घोषणकला तथा नेतृत्व विकास तालिममा उनी बालबालिका सँगै बसेर नेतृत्व विकास र उद्घोषण तालिम सिक्दै छन् । वडा अध्यक्ष भइयो न कार्यक्रम चलाउने सीप छ नत नेतृत्व गर्ने तरिका नै थाहा छ । अब यो तालिमले मलाई धेरै फाइदा पुग्छ यसैमा म खुसी छु वडा अध्यक्ष चाैधरीले भने, वडा अध्यक्ष चाैधरी जस्तै सोही वडाकै महिला वडा सदस्य गिता चाैधरीलाई पनि बोल्ने सिपमा विकास छैन् ।

पहिलो पटक केटाकेटी सँगै तालिम लिन पाउँदा निकै खुसी लागेको उनी बताउँछिन् । वडामा कुनै कार्यक्रम भयो भने बोल्न लगाउँछन् । तर आफुलाई बोल्न आउँदैन अब केही परिवर्तन हुन्छ कि जस्तो लागेको छन् । चाैधरीले भनिन् । वडा अध्यक्ष दिपक कुमार चाैधरी र वडा सदस्य गिता चाैधरी सँगै अन्य २ जना वडा सदस्यहरू पनि तालिम लिदै छन् ।

वडा अध्यक्ष दिपककुमार चाैधरीको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा बोल्दै वडा अध्यक्ष चाैधरीले बोल्ने सिपको विकास बिना जिवनको कुनै औचित्य नहुने बताएका छन् । त्यसका लागि उनले हरेक नागरिकमा बोल्ने सिपको विकास र नेतृत्व गर्ने क्षमता हुन आवश्यक रहेको बताएका छन् ।

साथै वडा अध्यक्ष चाैधरीले उद्घोषण तथा नेतृत्व गर्ने क्षमता भए मात्र आफू भित्र र समाजको विकास हुने बताउँदै सहभागीहरूलाई अनुशासित पुर्वक तालिममा सहभागी हुन सुझाव दिएका थिए ।

तालिममा वडा अध्यक्ष, सदस्यहरू र युवा, बालबालिका गरि २० जनाको सहभागीता रहेको थियो भने प्रशिक्षकमा देउखुरी टुडे डटकमका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ता रहेका छन् । कार्यक्रमको सञ्चालन वडा सचिव मंगलप्रसाद चाैधरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे