देउखुरीका लमही, भालुवाङ र सिसहनियाँ बजार आज देखि साप्ताहिक रूपमा शनिबार बन्द



देउखुरीका लमही, भालुवाङ र सिसहनियाँ बजार आज देखि साप्ताहिक रूपमा शनिबार बन्द

ओमप्रकाश गुप्ता, भालुवाङ ६ मंसिर ।

दाङ देउखुरीका मुख्य ३ वटा बजारहरू आज शनिबारदेखि लागु हुने गरि साप्ताहिक रूपमा बन्द गरिएको छ ।

विभिन्न मितिमा उद्योग वाणिज्य संघहरूको बैठकले चार्डपर्वहरू सकिए सँगै साप्ताहिक रूपमा शनिबार पनि खुल्दै आएको बजार आजको मिति देखि देउखुरी उद्योग वाणिज्य संघ लमही, राप्ती उद्योग वाणिज्य संघ भालुवाङ र सिसहनियाँ उद्योग वाणिज्य संघ मातहतका सवै बजार आज देखिनै लागु हुने गरि मेडिकल, होटल , फलफूल पसल वाहेक सवै पसलहरू बन्द हुने सम्बन्धित उद्योग वाणिज्य संघले सुचना मार्फत सवै व्यवसायीहरूलाई जानकारी गराएका छन् ।

गढवा उद्योग वाणिज्य संघले भने आउदो शनिबार देखि बजार बन्द गर्ने संघका अध्यक्ष रविलाल आचार्यले जानकारी गराएका छन् । यता सिसहनियाँ उद्योग वाणिज्य संघको शुक्रबार सिसहनियाँमा बसेको बैठकले संघको साधारणसभा मंसिर २७ गते गर्ने निर्णय गरेको संघका महासचिव ईश्वरीप्रसाद अधिकारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे