तुलसीपुरमा ‘ख’ बर्गका अपाङगता भएका व्यक्ति धेरै 



तुलसीपुरमा ‘ख’ बर्गका अपाङगता भएका व्यक्ति धेरै 

तुलसीपुर ६ मंसिर । तुलसीपुरमा ‘ख’ बर्गका अपाङगता भएका व्यक्तिहरुको संख्या धेरै रहेको एक तथ्याङकले देखाएको छ ।

तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखाले दिएको जानकारी अनुसार तुलसीपुरमा हाल सम्म ५७५ जनाले अपाङगता भएको परिचय पत्र बनाएका छन् । जसमा २३९ महिला र ३३६ पुरुष रहेको शाखा प्रमुख विष्णु कुमारी आचार्यले जानकारी दिएकी छिन् ।

तुलसीपुर क्षेत्रमा अपाङगता परिचय बनाएको आधारमा ती मध्ये सबैभन्दा बढि ‘ख’ वर्गका रहेका छन् । जसमा महिला ११४ र पुरुष १५५ जना गरी जम्मा २६९ जना रहेको शाखा प्रमुख आचार्यले जानकारी दिएकी छिन् । यस्तै सबैभन्दा कम ‘घ’ वर्गका रहेका छन् ।

जसमा २६ जना महिला र ४५ जना पुरुष गरी जम्मा ७१ जना रहेका छन् । शाखा प्रमुख आचार्यका अनुसार ‘क’ वर्गका महिला ३७ जना र पुरुष ५४ जना गरी ९१ जना र ‘ग’ वर्गका ६२ महिला र ८२ पुरुष गरी १४४ जना रहेको शाखा प्रमुख आर्चायले बताएकी छन् । ती मध्ये ‘क’ र ‘ख’ वर्गले मात्रै सामाजिक सुरक्षा भत्ता अन्र्तगत अपाङ्गता भत्ता लिदै आएका छन् ।

‘क’ बर्गका अपाङगता भएका व्यक्तिले मासीक तिन हजार र ‘ख’ बर्गका अपाङगता भएका व्यक्तिले मासीक एक हजार छ सय रुपैया भत्ता लिदै आएका छन् । यस्तै ‘ग’ र ‘घ’ वर्गका अपाङगता भएका व्यक्तिले मासीक भत्ता बाहेक अन्य विभिन्न सेवा सुविधाहरु लिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे