प्रदेश राजधानीलाई धमाधम सिगाँरिदै, ठाउँ- ठाउँमा स्वागत गेट र प्रतिक्षालय रंगरोगन



प्रदेश राजधानीलाई धमाधम सिगाँरिदै, ठाउँ- ठाउँमा स्वागत गेट र प्रतिक्षालय रंगरोगन

भालुवाङ २३ मंसिर । लुम्बिनी प्रदेशको स्थायी राजधानी क्षेत्रलाई धमाधम सिगाँरिन थालिएको छ ।

राजधानी तोकिएको क्षेत्र राप्ती उपत्यका देउखुरी अन्तरत राप्ती गाउँपालिकाको बजार क्षेत्र तथा लमही- भालुवाङ सडक खण्डको ठाउँ – ठाउँमा स्वागत गेट निर्माण, प्रतिक्षालय रंगरोगन र सरसफाइ गर्ने काम धमाधम भइरहेको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जानकारी दिएका छन् ।

विशेष गरि भालुवाङ बजार, माैरीघाट क्षेत्र, पिपरी बजार सिसहनियाँ बजार, सिंगेखोला लगायतका क्षेत्रमा स्वागत गेटहरू निर्माण गरिएका छन् । भने प्रतिक्षालयहरू पनि रंगरोगन गरेर लुम्बिनी प्रदेशमा हार्दिक स्वागत छ भनेर लेखिएको छ ।राप्ती गाउँपालिकाले राजधानी व्यवस्थापन तथा कार्यान्वयनका लागि मुल समिति सहित विभिन्न उपसमिति बनाएर यश अघि नै जिम्मेवारी समेत तोकिसकेको छ ।

जसमा श्यामेश चाैधरीको संयोजकत्वमा गठित सरसफाइ तथा सौन्दर्यकरण उपसमितिले पुर्व पश्चिम राजमार्ग, ९ वटै वडा तथा टोलहरू सरसफाई गर्ने, प्रतिक्षालयहरू रंगरोगन गर्ने, स्वागत गेट बनाउने जिम्मा पाएको थियोे । त्यही जिम्मेवारी अनुसार राप्ती उद्योग वाणिज्य संघ, सिसहनियाँ उद्योग वाणिज्य संघ, राप्ती गाउँपालिका चेम्बर अफ कमर्स र भालुवाङ होटल व्यवसायी समितिहरू सँगको सहयोग तथा समन्वयमा राजधानी सिगार्ने काम भइरहेको छ ।

नवनिर्वाचित प्रदेश सभा सदस्यहरूको सपथग्रहण तथा बैठक स्थायी राजधानी देउखुरीमा राख्ने तयारीमा प्रदेश सरकार जुटेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे