राजधानीको सुरक्षालाई बिशेष ध्यान दिन सुरक्षा प्रमुखहरूलाई मुख्यमन्त्री केसीको निर्देशन



राजधानीको सुरक्षालाई बिशेष ध्यान दिन सुरक्षा प्रमुखहरूलाई मुख्यमन्त्री केसीको निर्देशन

भालुवाङ २३ मंसिर । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले लुम्बिनी प्रदेशको राजधानी कार्यन्वयको विषय २०७७ साल असोज २० गतेको प्रदेशसभाको निणर्यलाई कार्यन्वयन गरेको बताएका छन् ।

लुम्बिनी प्रदेशको स्थायी मुकाम देउखुरीमा लागि कार्यन्वय गर्न शुक्रबार स्थायी राजधानी राप्ती उपत्यका देउखुरीकाे राप्ती गाउँपालिकाकाे एक कार्यकक्षमा आयोजित सुरक्षा समितिको बैठकमा बताएका हुन् ।

उनले प्रदेश सकरारले देउखुरीमा राजधानी निर्माणको कार्यान्वयनकोे झण्डा उत्तोलन कार्यक्रम गरी औपचारिक रुपमा कार्य सञ्चालन गर्नका लागि तीव्र तयारी भइ रहेको बताए ।  राजधानीको सुरक्षाका लागि सम्पूर्ण व्यवस्था मिलाउने सुरक्षा निकायलाई ध्यान दिन मुख्यमन्त्री केसीले निर्देशन दिएका छन् ।

मुख्यमन्त्री केसीले यस्तो निर्देशन सुरक्षा समितिको बैठकमा का लागि अनुरोध गरे । मुख्यमन्त्री कुलप्रसाद केसी स्थायी मुकाम सुरक्षाका लागि सम्पूर्ण तयारी गर्नका लागि सबै सुरक्षा निकायले निर्देशन दिए ।

उनले भने, राजधानीको स्थायी मुकामको विषयलाई लिएर राजनीति नर्गन अनुरोध गर्दै सबै सम्मेम भएर प्रदेशसभाले गरेको निणर्यलाई कार्यन्वयका लागि सहयोग गर्नका लागि सबै पक्षसँग अपिल गरेका छन् ।

उनले लुम्बिनी प्रदेशको राजधानीको लागि सुरक्षाको दृष्टिले निकै सम्वेदन शील विषय भएको बताउँदै सिसीसी क्यामरा जडान, ट्राफिक कार्यालयको व्यवस्था, मन्त्रालयको सुरक्षा लगायत र मुख्यमन्त्री एवं मन्त्री ज्यू हरुको सुरक्षा लगायतको विषयमा व्यवस्था मिलाउनको लागि निर्देशन दिएका छन् ।

मुख्यमन्त्री केसीले यो राजधानी कार्यन्वयको लागि सबै सुरक्षा निकायले आफ्नो आफ्नो टिमबाट अगाडि बढाउनु पर्ने बताए । उनले सुरक्षा निकाय सरकारको कामलाई अझ सहजीकरण गरी अगाडि बढाउनको लागि नै निर्देशन दिए ।

बैठकमा आन्तरिक मामिला, कानून एवं सञ्चार मन्त्री तिलकराम शर्माले सुरक्षा निकायको समन्वय गरी अगाडि बढाउनको लागि नै मन्त्रालय तयारी भएको बताए । उनले सुरक्षा निकायको सहकार्यमा अगाडि बढाएर कार्यन्वयन गर्ने बताए ।

सुरक्षा समितिको बैठकले तत्कालको लागि सवारी साधानको गति व्यवस्थापन, झण्डा उत्तोलनका लागि सुरक्षा तथा कार्यक्रमको व्यवस्थानको बारेमा तयारीमा छलफल भएकाे थियाे ।

बैठकमा नेपाल प्रहरी लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्र.ना.म.नि. कार्यालयका प्रमुख नलप्रसाद उपाध्याय, सशस्त्र प्रहरी बलका विन्धवासी मुख्यालयको श.प्र.व.उ. बल नेपाल, राजसिंह, दल गण दाङका गणपति रविन्द्र महर्जन, आन्तरिक मामिला तथा कानून सञ्चार मन्त्रालयका उपसचिव यमबहादुर कुवर र शाखा अधिकृत तुलसी पौडेल  लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे