कोइलाबासको सडकले तान्यो ‘पर्यटक’



कोइलाबासको सडकले तान्यो ‘पर्यटक’

भालुवाङ ४ मंसीर ।  देउखुरी लमही नगरपालिका वडा नं. ६ देउपुर निवासी विष्णु पौडेल पहिलो पल्ट कोइलावास पुगे। यो भन्दाअघि पौडेल कोइलावास जान खोजेका थिए। तर, सडक राम्रो थिएन। त्यही भएर कोइलावास जाने योजना अधुरै थियो।

भाइटीकाको भोलिपल्ट भने पौडेल कोइलावासको भ्रमण गरेर फर्किए। ‘बाउँ, बाजेले नुन, तेल बोकेको ठाउँ हेरियो’उनले भने,‘कोइलावास पुग्नुअघि पहाडबाट देखीने दृश्यले मन लोभ्याईरह्यो । उता, भारत, यता नेपालको दृश्य आफैमा मनमोहक थियो।’

कोइलावास दाङको पुरानो बजार हो । पूर्व पश्चिम राजमार्ग बनेपछी यो बजार खण्डहर बन्‍न पुग्यो। अहिले पनि पुराना र जिर्णवस्थाका घरका भग्नावशेषहरु छन्। नयाँ पुस्तालाई कोइलावासले आकर्षीत गरेको छ ।

लमही देखी कोइलावास सम्म सडक कालोपत्रे भएपछी मानिसहरु सजिलो संग कोइलावासको भ्रमण गरेर फर्किने गरेका छन् । ‘बाटोले कोइलाावसको यात्रा धेरै सहज बनाएको छ’पौडेलले भने,‘यस अघी सडककै कारण कोइलावास पुग्न नसक्नेहरु अहिले पक्कि सडक भएपछी सजिलो संग कोइलावास पुगेर फर्किन सक्ने अवस्था बन्यो ।’

कोइलावास आन्तरिक तथा बाह्य पर्यटकहरुको गन्तब्यको केन्द्र बन्न सक्ने उदाहरणहरु देखीन थालेको छ । कोइलावास पुग्नेहरुको पहिलो आकर्षणको केन्द्र रामजानकी मन्दिर, वोर्डर क्षेत्र, सिमा स्तम्भ लगायत बन्ने गरेका छन्।‘

जनकपुर पछीको दोस्रो रामजानकी मन्दिर कोइलावासमा छ । मन्दिर अवलोकन गर्ने र दर्शन गर्न पाईयो’घोराही निवासी शुसीला आचार्यले भनिन्,‘कोइलावासको नाम खुबै चर्चामा थियो । अहिले भ्रमण गरेर पनि फर्कियौं ।’

कोइलावास निवासी ७० बर्षिय अनिसु रइमान अचेल दैनिक रुपमा कोइलावास आउने मानिसहरुको संख्या बढेकोमा खुसी व्यक्त गर्नुहुन्छ । पहिलेको कोइलावास देखिएका इमान अव फेरी कोइलावासमा चहलपहल हुनेमा आशावादी छन्।

‘एउटा नयाँ मान्छे देख्न पाउने अवस्था पनि थिएन। कर्मचारी समेत यहाँ बस्न मन गर्दैनथे’ रइमानले भने,‘बाटो बनेपछि नयाँ नयाँ मान्छे यहाँ आएको देख्छु। खुसी लाग्छ।’ पक्कि सडक बनेपछि कोइलावास पुग्ने पर्यटकको संख्यामा बृद्धि भएको गढवा गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष सद्धाम सिद्धिकीले बताए।

उनका अनुसार दैनिक एक हजार भन्दा बढी मानिस कोइलावास भ्रमणको लागी पुग्ने गरेका छन् ।‘बाटो नहुदा खुबै उपेक्षामा पर्‍यो कोइलावास। अहिले बाटो बनेपछी कोइालावस घुम्न आउने पर्यटकको संख्या बढ्यो’वडा अध्यक्ष सिद्धिकीले भने,‘खण्डहर बनेको कोइलावास अब जाग्दैछ।’

पर्यटकहरुको संख्या बढ्न थालेपछी नयाँ पूर्वाधार बनाउन थालीएको छ ।‘पर्यटकहरुलाई धेरै बेर कोइलावासमा भुलान र रमाइलो बातावरणको लागी पार्क समेत बनाउदै छौं’वडा अध्यक्ष सिद्धिकीले भने,‘पार्क बन्यो भनेपछी पयर्टकहरु धेरै बेर यहाँ रमाउन सक्नुहुने छ ।’

खण्डहर कोइलावासमा पर्यटकहरुको आवागमन बढ्न थालेपछि होटल अभाव भएको छ ।‘एउटा होटल छ । त्यसले आवश्यकता धान्न सकिरहेको छैन । अब आशा छ यहाँ लगानी समेत भित्रिने छ’उनले भने,‘कोइलावासलाई व्यवस्थीत गन्तब्य बनाउने योजना अघि सारेर सबै काम गर्छौं।’

पर्यटकहरुको पहिलो रोजाई रामजानकी मन्दिर, सिमा क्षेत्र, सिमा स्तम्भ, जिर्णभएका घरहरु पर्ने गरेका छन् ।‘सय बर्ष पुराना घरहरु पनि छन । ती घरमा कलात्मक बुट्टा कुदिएको छ’वडा अध्यक्षले भने,‘ती घर पनि पर्यटकको रोजाइमा परेका छन ।’

रामजानकी मन्दिरमा दर्शन गर्ने बढे

नेपालको जनकपुरपछिको दोस्रो स्थानमा पर्ने कोइलावासको रामजानकी मन्दिर भक्तजन विनाको थियो । मुस्किलले पुजारी बस्नुहुन्थ्यो । दैनिक पुजाआजा गर्न समेत कठिन थियो । तर, हिजो आज यो मन्दिरमा दर्शन गर्न पुग्ने भक्तजनको घुईचो लाग्ने गरेको छ।

सन् १८८५ मा निर्माण भएको सो रामजानकी मन्दिरमा पर्यटकहरु दर्शनका लागी पुग्ने गरेका छन्। रुकुम, रोल्पा, दाङ, सल्यान र प्यूठानका साथै भारतमा पनि प्रसिद्ध रहेको सो मन्दिर धेरै बर्ष ओझेलमा प¥यो । अव यो मन्दिरलाई ओझेलमा पर्न दिन नहुने स्थानीयले बताउने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे