हाम्रो पहुँच सहकारीद्वारा स्व.लामिछानेको परिवारलाई नगद सहयोग



हाम्रो पहुँच सहकारीद्वारा स्व.लामिछानेको परिवारलाई नगद सहयोग

देउखुरी टुडेकर्मी, तुलसीपुर ४ मंसीर । 

सवारी दुर्घटनामा निधन हुनुभएका कर्मचारी मनिषा लामिछानेको घरमा हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाले शोक तथा श्रद्धाञ्जलीसभा गरेको छ । संस्थाले तुलसीपुर १९ मा रहेको स्वर्गीय लामिछानेको घरमा बिहीबार शोक तथा श्रद्धाञ्जली सभा गरेको हो ।

सभामा संस्थाले स्वर्गिय लामिछानेको परिवारलाई ५१ हजार रुपैँया नगद समेत सहयोग गरेको छ । संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले स्वर्गिय लामिछानेका आमा दिलमाया लामीछानेलाई नगद ५१ हजार रुपैँया हस्तान्तरण गरेका छन् । रकम हस्तान्तरण गर्दै अध्यक्ष भण्डारीले कर्तव्यवान र जिम्मेवारी कर्मचारी लामिछानेको निधनले संस्थालाई अतुलनिय क्षति पुगको भन्दै दुख व्यक्त गरे । उनले स्वर्गिय लामिछानेले देखाएको अनुशासन, जिम्मेवारीता सबैले लागु गर्नुपर्ने बताए ।

अध्यक्ष भण्डारीको अध्यक्षतमा भएको शोक तथा श्रद्धान्जली सभामा संस्थाका उपाध्यक्ष देवराज भण्डारी, सदस्य भुमाकुमारी भण्डारी, लेखा समिति सदस्य तुलसीप्रसाद भण्डारी, प्रमुख कार्यकारी अधिकृत जनक भण्डारी, समाचार सम्पादक जीतसागर जी.एमले कर्मचारी लामिछानेको निधनले संस्था परिवार अन्यन्त मर्माहत भएको भन्दै स्वर्गिय लामिछानेप्रति श्रद्धान्जली र परिवारलाई समवेदन प्रकट गरे । कार्यक्रमको सहजीकरण रेडियोका स्टेशन म्यानेजर बसन्त पौडेलले गरका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे