दाङका दृष्टिविहिन सञ्चारकर्मी गिरी माथि सहचालकद्धारा दुव्र्यवहार सहित गाडी नचढाउँने धम्की



दाङका दृष्टिविहिन सञ्चारकर्मी गिरी माथि सहचालकद्धारा दुव्र्यवहार सहित गाडी नचढाउँने धम्की

देउखुरी टुडेकर्मी, भालुवाङ ३ मंसिर ।

दृष्टिविहिन व्यक्तिहरु अझै पनि जोखिमपुर्ण तवरले गाडीमा यात्रा गर्न बाध्य भएका छन् । गाडीमा यात्रा गर्ने क्रममा आरक्षण सिट भएपनि उनीहरु बस्न पाउँदैनन् न सहचालकले नै बस्ने व्यवस्था मिलाउँछ ।

नेपाल सरकारले जारी गरेको अपाङ्ग अधिकार ऐन २०७४ मा अपाङ्गता भएका व्यक्तिहरूका लागि गाडी भाडामा ५० प्रतिशत छुट हुने व्यवस्था गरिए पनि गाडीवालाहरुले छुट नदिने गरेको दृष्टिविहिन व्यक्तिहरुले बताउँदै आएका छन् । बरु भाडाकै विषयलाई लिएर उनीहरु सहचालकबाट दुव्र्यवहार खेप्नु परेको छ । यसै क्रममा बुधवार दाङमा एक दृष्टिविहिन सञ्चारकर्मी माथि सहचालकले दुव्र्यवहार गरेका छन् ।

देउखुरीटुडे डटकमका मुख्य समाचारदाता एवम् दाङका दृष्टिविहिन सञ्चारकर्मी बिरेन्द्र गिरीलाई गाडीका सहचालकले दुव्र्यवहार गरेका छन् । लमही देखि घोराही जाने क्रममा रा १ ख ८३३ नम्बरको माइक्रो बसका सहचालकले गाडी भाडाको विषयलाई लिएर दृष्टिविहिन सञ्चारकर्मी गिरीलाई दुव्र्यवहार गरेका हुन् ।
गाडी भाडा दिने सम्वन्धमा हाम्रो आधा भाडा लाग्छ भन्दै गिरीले आधा भाडा दिएपछि गाडी सहचालकले आफुलाई दुव्र्यवहार गरेको र अब देखि गाडी चढ्न नदिने धम्की समेत दिएको सञ्चारकर्मी गिरीले देउखुरीटुडे डटकमलाई बताए ।

यस विषयमा सञ्चारकर्मी गिरीले जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी तथा प्रवक्ता सुमित खड्कालाई जानकारी गराउँदा डिएसपी खड्काले भोली निवेदन लिएर आउनु आवश्यक कारवाही गर्छौ भन्दै आश्वासन दिएको गिरीले बताए । म एक्लै भएको भए गाडी नम्बर टिप्न सक्ने थिएन मेरो साथी नबिन गिरीले गाडी नम्बर टिपेर सहयोग गरेकोमा सञ्चारकर्मी गिरीले साथी नविनलाई धन्यवाद दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे