पार्टीभित्रैबाट लिखित आरोप लागेपछि ओलीलाई तत्काल  हटाउनैपर्छ : बाबुराम भट्टराई



पार्टीभित्रैबाट लिखित आरोप लागेपछि ओलीलाई तत्काल  हटाउनैपर्छ : बाबुराम भट्टराई

भालुवाङ ३ मंसिर । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउनु पर्ने बताएका छन् । बुधबार दिउँसो सामाजिक सञ्जालमा ट्वीट गर्दै पूर्व प्रधानमन्त्री भट्टराईले ओली सरकारको असफलता र भ्रष्टाचारका कारण उनलाई हटाउन आवश्यक रहेको तर्क गरेका छन् ।

त्यसवारे नेकपाकै नेताहरुले समेत लिखित आरोप लगाइसकेपछि ओली पदमा बसि रहनुको औचित्य सकिएको भट्टराईले आसय व्यक्त गरेका छन् । साथै पूर्व प्रधानमन्त्री भट्टराईले नेकपाको आन्तरिक विवादमा राष्ट्रपति विद्यादेवी भण्डारी र नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले हस्तक्षेप गर्न खोजेको भन्दै त्यसको विरोध गरेका छन् ।

‘नेकपाको झगडा कसरी टुंग्याउने भन्ने उसको कुरा होला तर यी राज्य र जनताका मुद्दा प्रतिपक्षी दल र जनताले उठाउनैपर्छ है,’ भट्टराईले लेखेका छन् ‘राष्ट्रपति र विदेशी कुटनीतिज्ञले पार्टीगत कुरामा हस्तक्षेप गर्न मिल्दैन ।’

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे