LISTEN LIVE RADIO

चाैतर्फी विराेध पछि अन्तत तुलसीपुर महोत्सव स्थगित



चाैतर्फी विराेध पछि अन्तत तुलसीपुर महोत्सव स्थगित

तुलसीपुर १५ मंसिर । तुलसीपुरमा आजदेखि सञ्चालन हुने भनिएको महोत्सव स्थगित भएको छ । तुलसीपुर उद्योग वाणिज्य संघ र चेम्बर अफ कमर्सले विरोध गरेपछि तत्काललाई महोत्सव स्थगित भएको हो ।

महोत्सव बन्द गर्न भन्दै तुलसीपुर उद्योग बाणिज्य संघ, तुलसीपुर चेम्बर अफ कमर्सलगायतका व्यावसायिक संस्थाहरुले विरोध जनाएपछि विहीबार बसेको सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको हो । यस्तै क्लबले पुनः महोत्सव सञ्चालन गर्न चाहेमा ब्यापारिक स्टलमा राखिने सामग्रीको लिस्ट संघ र च्याम्बरले तोके बमोजिम हुने सहमति गरिएको छ ।

त्यस्तै तुलसीपुर उपमहानगरपालिकाले कार्यविधि बनाएपछि मात्रै मेला महोत्सव लगाउने पनि सहमति भएको छ । बैठकमा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्का, तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे, क्लबका अध्यक्ष अरुण लहरेलगायतको सहभागितामा यस्तो सहमति भएको हो ।

महोत्सव लगाउन नदिनका लागि तुलसीपुरका व्यवसायीहरु बुधबारदेखि विरोध गर्दै आएका थिए । विरोधमा तुलसीपुर बजारनै बन्द गराएका थिए । बिहीबार तुलसीपुर उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्श, व्यापारी लगायतले तुलसीपुर उपमहानगरपालिकामा तालाबन्दी समेत गरेका थिए । युथ क्लब अफ तुलसीपुरको आयोजनामा महोत्सव सञ्चालन हुन लागेको होे ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे