गढवाको बडहरा स्थित आदर्श प्राविमा अक्षयकोष स्थापना



गढवाको बडहरा स्थित आदर्श प्राविमा अक्षयकोष स्थापना

देउखुुरी १३ मंसिर । देउखुरीको गढवा गाउँपालिका वडा नं १ बडहरा स्थित आदर्श प्राथमिक विद्यालयमा विद्यालय तथा विद्यार्थीको शैशिक सुधारमा सहयोग पुराउने उदेश्यका साथ अक्षयकोष स्थापना गरिएको छ ।

राप्ती गाउँपालिका वडा नं ३ मसुरीया निवासि टोपाराम शर्मा, गढवा गाउँपालिका वडा नं १ बडहरा निवासी शशीधर शर्मा तथा नवराज शर्माको परिवारले स्वर्गिय सावित्रा उपाध्याय अधिकारीको सम्झनामा तिथि श्राद्धको दिन पारेर विद्यालयमा अक्षयकोषको स्थापना गरेका हुन् ।

नाताले देवरको छोरा भतिजो पर्ने नवराज शर्माको घरमा रहेर जिवनका अन्तिम क्षणहरु ब्यतित गर्नुभएकी स्वर्गिय सावित्रा उपाध्याय अधिकारी शिक्षा प्रेमि रहेकोले यस क्षेत्रका जेहेन्दार विद्यार्थिलाई बार्षिक रुपमा पुरस्कार दिने गरी ५१ हजार १ सय ११ रुपैयाको सावित्रा उपाध्याय अधिकारी स्मृति अक्षयकोषको स्थापना गरिएको संरक्षक नवराज शर्मा जानकारी दिए ।

विद्यालय ब्यवस्थापन समिति अध्यक्ष चुरामणी गिरीको अध्यक्षतामा भएको अक्षयकोष वापतको रकम हस्तान्तर कार्यक्रममा प्रधानाध्यापक ओमबहादुर मगर, भरत अधिकारी, विष्णु विष्णुबहादुर कुवर, सुर्यबहादुर नेपाली, लक्ष्मी शर्मा, शिवा शर्मा, पवित्रा शर्मा, शरद शर्मा र केशव पौडेल लगायतको उपस्थीति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे