दाङको  रिहारमा अनौठो घटना, धार्मिक स्थलमा रुख काटेपछि दुई जनाको मृत्यु



दाङको  रिहारमा अनौठो घटना, धार्मिक स्थलमा रुख काटेपछि दुई जनाको मृत्यु

प्रिया स्मृती गजमेर,लमही ३ कात्तिक । दाङको  रिहारमा अनौठो घटना एउटा अनाैठाे घटना घटेको छ । धार्मिक स्थलमा रहेकाे रुख काटेकै कारण २ जना स्थानीयकाे ज्यान गएकाे छ ।  लमही नगरपालिका वडा नम्बर ९ रिहार स्थित बगारबाबा धार्मिक विकास क्षेत्रभित्र रहेकाे नर्सरीमा सुकेको दुईवटा सिसौको रूख काट्दा लमही नगरपालिका वडा नम्बर ९ पैते निवासी ४० वर्षिय रामप्रसाद चौधरी र सोही ठाउँ निवासी ५० वर्षिय देखुराम चौधरीको मृत्यु भएको गाउँका स्थानीय तथा पूर्वप्रहरी कमल चौधरीले जानकारी दिएका छन् । एक हप्ताकै अन्तरालमा एकै गाउँका दुई जनाको मृत्यु भएपछि अहिले पुरै गाउँ शोकमा डुवेकाे छ ।

नर्सरीमा रुख काट्न गएका श्रीमानलाई खाना लगेर गएकी श्रीमतीले समेत रुख काट्न सहयोग गरेकी थिइन्, श्रीमान् बिरामी भएपछी श्रीमती पनि बिरामी परेको स्थानिय हरि चौधरीले बताए । वडा सदस्य बुद्विराम चौधरीका अनुसार त्यस क्षेत्रमा रुख काटे पछि थप अरु अप्रिय घटना नहोस भनेर स्थानीयले पुजा पाठ गर्नुका साथै वर, पिपल, र तुलसिको बोट रोपिएको छ ।

उनका अनुसार बगार बाबा धार्मिक विकास क्षेत्र शिव मन्दिर र माइकुटीमा जाडो छल्न बालिने आगोका लागि दाउरा चाहिएको थ्यो, सोहि दाउरा काट्न दशैँ अगाडि पैते गाउँका दुईजना स्थानियले दुईवटा सुकेको सिसौका रुख काटेका थिए ।

उक्त रूख काटेको दुबैजना स्थानिय दशदिनपछि एक्कासी विरामी भएपछि उपचारको लागि रामप्रसादलाई भारतको लखनउ र देखुराम चौधरीलाई घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियोे । देखुराम चौधरीलाई घोराहीबाट थप उपचारको लागि कात्तिक तिस गते साँझ नेपालगन्ज तर्फ लैजादै गर्दा बाटोमै मृत्यु भएको लमही नगरपालिका वडा नम्बर ९ का वडासदस्य बुद्विराम चौधरीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे