भालुवाङमा जिपको ठक्करबाट मोटरसाइकल चालक घाइते



भालुवाङमा जिपको ठक्करबाट मोटरसाइकल चालक घाइते

ओमप्रकाश गुप्ता, भालुवाङ ३ मंसिर । दाङको भालुवाङमा जिपको ठक्करबाट मोटरसाइकल चालक घाइते भएका छन् ।

आज दिउँसो प्यूठानबाट दाङ देउखुरीको राप्ती गाउँपालिका ५ सिसहनियाँ आफन्तको घर तर्फ आउँदै गरेको लु २४ प ८४४ नम्बरको मोटरसाईकलाई सोही दिशा तर्फ गइरहेको लु १ ज २०८२ नम्बरको जीपले पुरानो भालुवाङ बजारको प्रतिक्षालय नजिक ठक्कर दिंदा मोटरसाइक चालक प्यूठान जिल्ला झुमरूक गाउँपालिका वार्ड नम्बर १ निवासी बर्ष ३८ का कृष्णबहादुर खत्री घाईते भएका छन् ।

घाइतेको लालमटिया स्वास्थ्य चौकी भालुवाङमा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल पठाइएको इलाका प्रहरी कार्यायल भालुवाङले जानकारी दिएको छ । ठक्कर दिने चालक र जिपलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे