दाङको घोराहीबाट ७ जना जुवाडे पक्राउ



दाङको घोराहीबाट ७ जना जुवाडे पक्राउ

दाङ ३ मंसीर । दाङको घोराहीबाट ७ जना जुवाडे पक्राउ परेका छन् । गएको सोमवार भाईटिकाको दिन राती उनीहरुलाई घोराही १६ बाट पक्राउ गरिएको प्रहरीले बताएको छ ।

पक्राउ परेका जुवाडेहरुलाई प्रहरीले अझै सार्वजनिक गरेको छैन । प्रहरी स्रोतका अनुसार पक्राउ परेका माथी मुद्धा दर्ता भएपछि मात्रै उनीहरुलाई सार्वजनिक गर्ने तयारी भएको छ ।

जुवाडे पक्राउ परेको दुई दिन भईसक्दा पनि प्रहरीले विवरण सार्वजनिक गरेको छैन । यता जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता एवं डिएसपी सुमित खड्काले जुवाडे पक्राउ परेको जानकारी दिएका छन् । डिएसपी खड्काले आफु अहिले बाहिर भएकाले जुवाडेको विवरण पछि सार्वजनिक गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे