LISTEN LIVE RADIO

राष्ट्रपति भण्डारी आइसल्यान्ड भ्रमण सकेर स्वदेश फिर्ता



राष्ट्रपति भण्डारी आइसल्यान्ड भ्रमण सकेर स्वदेश फिर्ता

काठमाण्डाै २६ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी आइसल्यान्ड भ्रमण सकेर स्वदेश फर्किएकी छिन् । उनी आज बिहान पौने ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेकी हुन् ।

विमानस्थलमा राष्ट्रपति भण्डारीलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतले स्वागत गरेका थिए ।

राष्ट्रपति भण्डारीले आइसल्यान्ड भ्रमणका क्रममा ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ ग्रहण गरेकी थिइन् । विश्वका महिला राजनीतिज्ञको सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स’ (डब्लूपीएल) ले गएको बुधवार राष्ट्रपति भण्डारीलाई अवार्डले सम्मान गरेको थियो ।

डब्लूपीएलका संस्थापक एवम् अध्यक्ष सिल्भाना कोच–मेहरिनले राष्ट्रपति भण्डारीलाई अवार्डबाट सम्मान गरेका थिए । आइसल्यान्ड भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले विभिन्न देशका राजनीतिक व्याक्तित्वसँग पनि भेट गरेका थिए । राष्ट्रपति भण्डारी सोमवार आइसल्यान्ड प्रस्थान गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे