LISTEN LIVE RADIO

प्युठानमा एमाले, कांग्रेस वीपी र जसपाद्धारा चुनावी तालमेल



प्युठानमा एमाले, कांग्रेस वीपी र जसपाद्धारा चुनावी तालमेल

प्‍युठान २५ कार्तिक । प्युठानमा आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्‍य तथा प्रदेशसभा सदस्‍य निर्वाचनमा नेकपा एमाले, कांग्रेस वीपी र जनता समाजवादी पार्टीले चुनावी तालमेल गर्ने भएका छन् ।

शुक्रबार नेकपा एमालेका जिल्ला अध्‍यक्ष विजय राज विष्ट, कांग्रेस वीपीका जिल्ला सभापति बलबहादुर महतरा र जनता समाजवादीका जिल्ला अध्‍यक्ष श्रीराम पोखरेलले संयुक्त विज्ञप्ति जारी गर्दै चुनावी तालमेल गर्ने ३ बुँदे सहमती गरेका हुन् ।

उक्त सहमती पत्रमा प्रतिनिधिसभा तथा प्रदेशसभाका प्रत्‍यक्ष उम्‍मेदवारतर्फ सूर्य चिह्नमा मतदान गर्ने, प्रतिनिधि तथा प्रदेशसभा समानुपातिक तर्फ आ-आफ्नो पार्टीको चुनाव चिह्नमा मतदान गर्ने र चुनाव प्रचारप्रसारका क्रममा संयुक्त चुनावी सभा तथा संयुक्त घरदैलो कार्यक्रम गर्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे