देउखुरीको लालमटियामा केटाकेटीहरुले पट्काएको पटाकाबाट कुखुराको खोरमा आगलागी



देउखुरीको लालमटियामा केटाकेटीहरुले पट्काएको पटाकाबाट कुखुराको खोरमा आगलागी

ओमप्रकाश गुप्ता, भालुवाङ २ मंसिर ।
दाङको देउखुरीमा कुखुराको खोरमा आगलागी भएको छ । राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा मंगरवार दिउँस करिब ११ ः ३० बजेको समयमा कुखुराको खोर नजिकै केटाकेटीले पट्काएको पटाकाले कुखुरापालक किसान सन्चुराम चौधरीको भाडामा ल्याएको खोरमा आगलागी भएको हो ।

आगलागीबाट कुखुरा सकुशल भएपनि खोरको छानो आधा भन्दा बढी जलेको स्थानीय मुक्तिराम पौडेलले जानकारी दिएका छन् । आगोलाई स्थानीयले निभाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे