LISTEN LIVE RADIO

लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीद्धारा बाढी प्रभावित क्षेत्रकाे स्थलगत अवलाेकन



लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीद्धारा बाढी प्रभावित क्षेत्रकाे स्थलगत अवलाेकन

सिसहनियाँ २ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीले बुधवार राप्ती गाउँपालिकाकाे बाढी प्रभावित क्षेत्रकाे स्थलगत अवलाेकन गरेका छन् ।

त्यस क्रममा मुख्यमन्त्री केसीले केही दिन अघि परेको अविरल वर्षतका कारण आएकाे बाढीले राप्ती गाउँपालिका क्षेत्रमा पुर्याएको क्षति र लामाे समय देखि अलपत्र रहेको वडा नं.-८ काे बिजाैरी देखि वडा नं.४ काे नयाँ गाउँ जाेड्ने दाेलई खाेला पक्की पुल निर्माण याेजनाकाे कामकाे बुधबार स्थलगत अवलोकन गरेका छन् ।

अवलोकन पश्चात मुख्यमन्त्री केसीले बाढी नियन्त्रणका लागि तत्काल दिर्घकालिन याेजन बनाएर काम अगाडि बढाउने बताएका छन् । त्यस्तै मुख्यमन्त्री केसीले साे पुल निर्माण याेजनाकाे काम बिचमै अलपत्र पार्ने जय बुद्ध कनट्रक्सन प्रालि सँगकाे ठेक्का सम्झौता तत्काल रद्ध गरी कार्वाही प्रक्रिया अघि बढाउन समेत निर्देशन दिएका छन् ।

सो अबसरमा राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले यस क्षेत्रमा बाढी पहिराले पु¥याएको क्षति र त्यसको रोकथामको उपाएको बारेमा मन्त्री केसीलाई जानकारी गराएका थिए । साथै उनले विपतमा परेका जनताहरुको समस्याको समाधान गर्नको लागि पालिका एक्लैलाई अफ्ठ्यारो पर्ने भएकाले प्रदेश सरकारलाई यस कार्यमा सहयोग गर्न समेत आग्रह गरेका छन् ।

सो अवसरमा लुम्बिनी प्रदेश पुर्वाधार विकास प्राधिकरणका कार्यकारी प्रमुख, अर्थविज्ञ, राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, जनप्रतिनिधिहरु, स्थानीय समाजसेवी बुद्धिजीवी, सञ्चारकर्मी, सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे