देउखुरीको पहरुवामा मोटरसाइकलको ठक्करबाट २ जना घाइते



देउखुरीको पहरुवामा मोटरसाइकलको ठक्करबाट २ जना घाइते

ओमप्रकाश गुप्ता, सिसहनियाँ ३० कार्तिक ।

दाङको देउखुरीमा मोटरसाइकलको ठक्करबाट २ जना घाइते भएका छन् । पुर्व पश्चिम राजमार्ग अन्र्तगत लमही भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका ५ लठ्ठहवा पहरुवा सिमानामा आइतवार राती ८ः१५ बजेको समयमा पुर्वबाट पश्चिम तर्फ गइरहेको रा ४ प ६२१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदल हिडिरहेका १ जना पैदल यात्रु र मोटरसाइकलमा सवार १ जना गरी २ जना घाइते भएका हुन् ।

घाइते हुनेमा पैदल हिडिरहेका राप्ती गाउँपालिका वडा नम्बर ५ पहरुवा निवासी अन्दाजी २१ वर्षका सुशिल चौधरी र मोटरसाइकलमा सवार राप्ती गाउँपालिका ५ सिंगे निवासी अन्दाजी २१ वर्षकै बुद्धिराम चौधरी घाइते भएका छन् । घाइते दुवैको सिसहनियाँ स्थित विष्ट स्वास्थ्य पोलिक्लिनीकमा उपचार भइरहेको प्रहरी चौकी सिसहनियाँले जानकारी दिएको छ । ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे