जस्ट इन्ज्वाई समुहद्धारा अनलाइन प्रविधिबाट शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रम



जस्ट इन्ज्वाई समुहद्धारा अनलाइन प्रविधिबाट शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रम

विरेन्द्र गिरी, दाङ ३० कार्तिक ।

हिन्दुहरुको महान् पर्व तिहार र छठ पर्वका अवसरमा शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रम आइतबार अनलाइन प्रविधिको प्रयोग गरी सम्पन्न भएको छ ।

जस्ट इन्ज्वाई समुहको आयोजनामा नेपाल सहित भारत, अस्ट्रेलिया, स्वीजरल्याण्ड, अमेरिका जस्ता थुप्रै देशहरूबाट नेपाली भाषा बोल्ने दृष्टिविहिन व्यक्तिहरूको सहभागीता कार्यक्रम हुँदै आएको छ ।

समुहका अध्यक्ष दिपेन्द्र विक्रम अधिकारीको अध्यक्षता एवम् राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेशका अध्यक्ष आस्विन लम्सालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि लम्सालले देउसी भट्याएर गरेका थिए । सुरज चालिसेको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा बोल्ने वक्ताहरुले विगतका वर्षमा जसरी चार्डपर्व मनाए पनि यस वर्ष कोरोना महामारीका कारणले मनाउन नपाएकोमा दुख मानेका थिए ।

उनीहरुले अनलाइन प्रविधिको प्रयोगबाट पनि मनोरञ्जन लिन तथा शुभकामना आदान प्रदान गर्न सकिने भएकोले जस्ट इन्ज्वाई समुह अनलाईनमा एकदमै प्रभावकारी रहेको बताएका थिए । कार्यक्रममा देउखुरी टुडेका प्रधान सम्पादक सन्तोसकुमार गुप्ता, कार्यकारी सम्पादक ओमप्रकाश गुप्ता, नेत्रहिन संघ चितवनका सचिव सागर चौधरी, रुपन्देही नेत्रहिन युवा संघका अध्यक्ष टिकाराम पौडेल लगायतका वक्ताहरुले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा विभिन्न व्यक्तिहरूले आ आफ्नो प्रतिभा देखाएर मनोरंन्जन समेत प्रदान गरेका थिए । कार्यक्रममा देउसी खेलेर समुहको सदस्य दिप सर्गमले तिहारको रौनकता बढाएका थिए । कार्यक्रमको सञ्चालन समि समिक्षा चौधरी र बिरेन्द्र गिरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे