दाङको घाेराहीमा एक कराेड बढीकाे लगानीमा सहकारी बजार 



दाङको घाेराहीमा एक कराेड बढीकाे लगानीमा सहकारी बजार 

दाङ २९ कार्तिक ।

दाङको घाेराहीमा एक कराेड बढीकाे लगानीमा सहकारी बजार सन्चालनमा आएकाे छ । सहकारी बजार सन्चालनमा आएपछि शनिवार उदघाटन गरिएकाे छ । बजारकाे उद्घाटन लुम्विनी प्रदेशका भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले गरेकी छिन् । बजारकाे उद्घाटन गर्दै मन्त्री पाैडेलले कृषकले उत्पादन गरेका कृषिजन्यबस्तु बजारिकरणका लागि लुम्विनी प्रदेशका सवै जिल्लामा सहकारी बजारको शुरुवात गरिएको बताईन् ।

सर्वाेतम बहुउद्देश्यीय सहकारी संस्था दाङको ब्यवस्थापनमा घोराहीमा सञ्चालनमा आएको सहकारी बजारको उद्घाटन गर्दै उनले कृषकको उत्पादनले बजार नपाउने र उपभोक्ताहरुले बाहिरी देशबाट आयात गरिएका कषि उपज महंगोमा किनेर खानुपर्ने अवस्थाको अन्त्यका लागि प्रदेशका १२ वटै जिल्लामा सहकारी बजार कार्यक्रम शुरु गरिएको बताईन् ।

नेपाललाई कृषि प्रधान देश भन्ने तर बाहिरबाट दाल चामल ल्याएर खानुपर्ने बर्तमान अवस्था लाजमर्दो भएको भन्दै मन्त्री पौडेलले त्यसको अन्त्यका लागि प्रदेश सरकारले किसानलाई केन्द्रमा राखेर कार्यक्रम सञ्चालन गरेको बताईन् ।

किसानलाई उत्पादनमा जोड दिदै बजारसँग जोड्नका लागि लुम्विनी प्रदेशका सवै उपमहानगरपालिकामा ठूला सहकारी बजार, १ सय ९ वटै पालिकामा कृषि स्मार्ट कार्यक्रम, बजार क्षेत्रका लागि शहरी कृषि कार्यक्रम, रोड करिडोर कार्यक्रम, विद्यार्थीहरुलाई पढाईमा सहयोग गर्नका लागि पढ्दै कमाउदै कार्यक्रम, भैसी श्रोत केन्द्र लगायतका कार्यक्रम शुरु गरिएको बताईन ।

किसानले उत्पादन गरेका बस्तुले बजार नपाएर खेर गइरहेका बेला दाङमै पहिलो पटक कृषि तथा अर्गानीक बस्तु सस्तोमा दिनका लागि शुरु भएको सहकारी बजारलाई सफल बनाउन प्रदेश सरकारले सहयोग गर्ने भन्दै उनले किसानको उत्पादनले बजार नपाउने तर बाहिरबाट कृषि उपज आइरहने प्रबृत्तिको अन्त्य गर्न प्रदेश सरकार लागिपरेको दावी गरिन्।

सर्वोत्तम बहुउदेश्यीय सहकारी संस्थाले दाङका किसानहरुले उत्पादन गरेको बस्तु महंगोमा खरिद गर्ने र उपभोक्ताहरुलाई बजार मूल्य भन्दा सस्तोमा सामान दिने उद्देश्यले प्रदेश सरकारको सहयोगमा सहकारी बजार सञ्चालन ल्याइएको भन्दै मन्त्रि पौडेलले सहकारी बजारमा आफूले उत्पादन गरेका बस्तु बिक्री गर्न आउने किसानहरुको बिवरण राख्न आग्रह गरिन ।

सहकारी बजारमा आफूले उत्पादन गरेका बस्तु बेच्ने किसानहरुलाई महमा प्रतिकिलो २५ रुपैया र तरकारीमा प्रतिकिलो २ रुपैया प्रदेश सरकारले अनुदान दिने भन्दै मन्त्रि पौडेलले सवै किसानको उत्पादनलाई बेच्ने केन्द्रका रुपमा सहकारी बजारलाई बिकास गर्नुपर्ने बताईन् ।

सहकारी बजारमा सामान खरिद तर्फ भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालय लुम्विनी प्रदेशको ४९ लाख ४९ हजार ९ सय ४८ रुपैया अनुदान र संस्थाको ५३ लाख ६० हजार ८ सय २८ गरी १ करोड ३ लाख १२ हजार ७ सय ७६ रुपैया सम्पत्ति खरिदतर्फ र चालु पूँजीतर्फ ४० लाख ५५ हजार ६ सय ५२ गरी कुल १ करोड ४३ लाख ६८ हजार ४ सय २८ रुपैयाको लागतमा बजार सञ्चालनमा ल्याइएको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे