पछिल्लाे २४ घण्टामा नेपालमा थप १९४६ जनामा कोरोना पुष्टि, १३ जनाको मृत्यु, २५०३ जना डिस्चार्ज



पछिल्लाे २४ घण्टामा नेपालमा थप १९४६ जनामा कोरोना पुष्टि, १३ जनाको मृत्यु, २५०३ जना डिस्चार्ज

काठमाण्डाै २९ कार्तिक । नेपालमा काेराेना भाइरस (काेभिड–१९) का सङ्क्रमितको सङ्ख्या दुई लाख आठ हजार दुई सय ९९ पुगेकाे छ । शनिबार थप एक हजार नाै सय ४६ जनामा सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।

यस्तै गएको २४ घण्टामा १३ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार दुई सय १५ पुगेको छ ।  त्यस्तै गएकाे २४ घण्टामा दुई हजार पाँच सय तीन जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या एक लाख ७० हजार ६ सय ३२ पुगेको छ ।

अब नेपालमा ३६ हजार चार सय ५३ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै एक हजार ५७ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे