LISTEN LIVE RADIO

मंसिर ४ को चुनाव जनादेश र प्रमादेशको बीच महासंग्राम हो : केन्द्रिय सदस्य चौधरी



मंसिर ४ को चुनाव जनादेश र प्रमादेशको बीच महासंग्राम हो : केन्द्रिय सदस्य चौधरी

भालुवाङ १६ असोज । नेकपा एमालेकी केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सदस्य गंगा थारुले मंसिर ४ गतेको प्रतिनिधि तथा प्रदेशसभाको चुनाब समान्य नभई जनादेश र प्रमादेश बीचको महासंग्राम भएको बताएकी छिन् ।

विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको उपलक्ष्यमा आज आइतबार नेकपा एमाले राप्ती गाउँपालिका ४ नम्बर वडा कमिटीले देउखुरीको राप्ती गाउँपालिका—४, मौरीघाट श्रीनारायणचोकमा आयोजना गरेको वडा भेला, शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दे केन्द्रिय सदस्य चौधरीले सो कुरा बताएकी हुन्।

कार्यक्रमको प्रमुख अतिथी समेत रहेकी केन्द्रिय सदस्य चौधरीले पाँच दलीय गठबन्धनको आडमा प्रमादेशी सरकारले नेपालको राष्ट्रयता संग जोडिएको नागरिकता पनि भारतलाई बेच्न खोजेको आरोप लगाइन् । उनले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले मौरीघाट श्रीनारायण चोक देखि देविकोट सम्म सडक बनाउने गरी संयुक्त सिल्यान्यस समेत गरिएको र उक्त देविकोटलाई धार्मिक तथा पर्यटकीय स्थलको रुपमा विकास गर्न खोजे पनि अहिलेको सरकारले ओली नेतृत्व सरकारले ल्याएको योजनामा चरम बजेट कटौती गरेकोमा सरकारको कडा आलोचना गरिन् ।

पार्टीका वडा कमिटी अध्यक्ष रामबहादुर केसीको अध्यक्षता एवम् नेकपा एमालेकी केन्द्रीय सदस्य गंगा थारू (सत्गौवा) को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पार्टीका लुम्बिनी प्रदेश कमिटी सदस्य जगतप्रसाद पोख्रेलले अगामी मंसिर ४ गतेको चुनाबमा पाँच दलीय गठबन्धन मात्र नभई देशीबिदेशी शक्तिको आडमा एमालेको बिरुद्ध चौतर्फी घेराबन्दी गर्न खोजेको आरोप लगाए । कार्यक्रमको बिशिष्ट अतिथी समेत रहनु भएका प्रदेश कमिटी सदस्य पोख्रेलले एमाले नेतृत्वको सरकारले गरेका राम्रा कामले जनतामा लोकप्रिय बनेको एमालेलाई हराउन अपबित्र गठबन्धन गरिएको बताए ।

त्यस्तै कार्यक्रममा आर्का प्रदेश कमिटी सदस्य बुद्धिप्रकाश चौधरीले एमालेका बिरुद्ध टाउको काट्ने र टाउको काटी माग्नेहरुका बीच गठबन्धन भईरहेकोले यो कुनै जनताको काम गर्नका लागि नभई बाटीचुँडी खानाका लागि गठबन्धन भएको बताए । उनले गठबन्धनको आडमा अहिलेको सरकारले नदीनाला, ढुङ्गामाटो, जमिन संगै अहिले आएर नागरिक, संविधान र स्वाभिमान पनि भारतलाई बेचेको आरोप गाउनु भयो । उहाँले अब राष्ट्रियताको रक्षाका लागि एमालेलाई जिताउनु बिकल्प नरहेको बताए ।

वडा कमिटी उपाध्यक्ष जानका गोराथोकीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा पार्टीका प्रदेश कमिटी सदस्य गंगाराम भट्टराई, बुद्धिजीवी परिषद्का लुम्बिनी प्रदेश कमिटी सदस्य ताराप्रसाद भुसाल, पार्टीका राप्ती गाउँपालिका कमिटी अध्यक्ष मदन अधिकारी, राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चौधरी लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

यसैबीच चुनाव नजिकिए सँगै नेकपा एमालेमा प्रवेश गर्नेको लहर फेरि बढ्न थालेको छ । यसै क्रममा आइतबार विभिन्न पार्टी परित्याग गरी १८ जना नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । नवप्रवेशीहरूलाई प्रमुख अतिथि गंगा थारू र लुम्बिनी प्रदेश कमिटी सदस्य जगतप्रसाद पोख्रेलले टीका लगाएर पार्टी प्रवेश गराएका थिए । कार्यक्रमको सञ्चालन पार्टीका पालिका सदस्य भोजप्रसाद रिजालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे