LISTEN LIVE RADIO

राप्ती र गढवामा ३ महिने निशुल्क विल्डिङ्ग इलेक्ट्रोसियन र जुनियर प्लम्बर तालिम सुरु



राप्ती र गढवामा ३ महिने निशुल्क विल्डिङ्ग इलेक्ट्रोसियन र जुनियर प्लम्बर तालिम सुरु

भालुवाङ ४ असाेज । दाङको राप्ती र गढवा गाउँपालिकामा मंगलवार देखि  ३ महिने निशुल्क विल्डिङ्ग इलेक्ट्रोसियन र जुनियर प्लम्बर तालिम सुरु भएकाे छ ।

युवाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले आशाका किरण संस्थाको सहकार्य एवम् अल्बर्ट पोलिटेक्निकल प्रालि बुटवलको आयोजना तथा चाइना फाउन्डेसन बेजिङ र ब्याकवार्ड सोसाइटी एजुकेसन बेस दाङको सहयोगमा तालिम सुरु भएकाे हाे । दुवै तालिमकाे  मंगलबार होटल पौवा भालुवाङमा एक कार्यक्रमका बिच उद्धघाटन गरिएकाे छ ।

तालिमको उदघाटन राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरीले गरेकी थिइन् । अल्बर्ट पोलिटेक्निकल प्रालिका प्रबन्धक जनकप्रसाद दमासेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले ३ महिना सम्म चल्ने तालिममा ध्यान दिएर सिक्न र पुर्णरुपमा व्यवहारमा लागु गर्न सुझाव दिएकी छिन् ।

सो अवसरमा कुलपानी सामुदायिक वन उपभोक्ता समुह बडहराका अध्यक्ष नवराज शर्मा, राप्ती गाउँपालिका वडा नम्बर २ का वडा सदस्य मनबहादुर पुन र लुथाउले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । तालिममा राप्ती र गढवामा ४०÷४० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ । कार्यक्रमको सञ्चालन आशाका किरण संस्थाका अध्यक्ष अशोक बेल्वासेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे