LISTEN LIVE RADIO

आदर्श नमुना मावि र ऐरावती आदर्श बहुमुखी क्याम्पसमा अखिल छैंठौको संगठन विस्तार



आदर्श नमुना मावि र ऐरावती आदर्श बहुमुखी क्याम्पसमा अखिल छैंठौको संगठन विस्तार
भालुवाङ ४ असाेज । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) ले दाङ जिल्लाको राप्ती गाउँपालिका वडा नम्बर २ को लालमटियामा संगठन विस्तार गरेको छ । सो वडामा रहेका आदर्श नमूना माविमा कुशल उपाध्यायको अध्यक्ष्यतामा ४१ सदस्यीय र ऐरावती आदर्श बहुमुखी क्याम्पसमा सरिता पुनको अध्यक्षतामा इकाई समिती गठन गरेको हो ।
२ वटै कार्यक्रमलाई सम्बोधन गर्दै अखिल छैठौंका केन्द्रीय अध्यक्ष देवेन्द्र कुँवरले बिद्यार्थीहरुको हक अधिकार प्राप्तिको निम्ती, शैक्षिक बिकृतिको बिरुद्ध, राष्ट्रघाती कदमका बिरुद्ध बिद्यार्थी र जनताका बिचमै रहेर संघर्ष र आन्दोलन गर्ने संगठन अखिल छैठौं मात्रै रहेको उनले बताए । जिल्ला सचिव दिनेश रैदासले सम्पूर्ण बिद्यार्थीहरु अखिल छैठौंमा आबद्द भएर बिद्यार्थी आन्दोलनलाई सहयोग गर्न समेत अपिल गरेका थिए । कार्यक्रमको सहजीकरण अखिल (छैठौं)का जिल्ला उपाध्यक्ष सरिता पुन र स्वागत मन्तब्य सहसचिव गौतम चौधरीले गरेका थिए ।
Seen by PressOmprakash Gupta at Saturday 00:16
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे