LISTEN LIVE RADIO

जग्गा एकीकरण आयोजना कार्यालयका अध्यक्ष चौधरीद्धारा पदभार ग्रहण



जग्गा एकीकरण आयोजना कार्यालयका अध्यक्ष चौधरीद्धारा पदभार ग्रहण

भालुवाङ ४ असाेज। लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरण अन्तरगत जग्गा एकीकरण आयोजना कार्यालयका अध्यक्ष श्यामेस चौधरीले मंगलबार पदभार ग्रहण गरेका छन् । राप्ती गाउँपालिकाकाे कार्यालय परिसर मसुरीयामा रहेकाे जग्गा एकीकरण आयोजना कार्यालयमा चौधरीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले पदभार ग्रहण गराएका हुन् ।

पदभार ग्रहण अघि प्रदेश पूर्वाधार विकास प्राधिकरण प्रदेश राजधानी जग्गा एकीकरण आयोजनाले भालुवाङमा आयोजना गरेको नदी सभ्यतामा आधारित व्यवस्थित शहर विकासका लागि गर्न थालिएको जग्गा एकीकरण विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रममा चाैधरीलाई मुख्यमन्त्री केसीले नियुक्त–पत्र प्रदान गर्नुका साथै सफथग्रहण समेत गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे