देउखुरी टुडेलाई सशक्त र स्थापित रुपमा सञ्चालन गर्ने सामुहिक प्रतिवद्धता



देउखुरी टुडेलाई सशक्त र स्थापित रुपमा सञ्चालन गर्ने सामुहिक प्रतिवद्धता

अन्शु बोहरा, लमही २७ कार्तिक ।

लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यकाको एक मात्र आधिकारीक अनलाइन मिडिया देउखुरी टुडे डट.कमलाई सशक्त बनाउन र स्थापित रुपमा सञ्चालन गर्न एक कार्यक्रमका सहभागीहरुले सामुहिक प्रतिवद्धता व्यक्त गरेका छन् ।

देउखुरी टुडे सञ्चार प्रालिद्वारा सञ्चालित देउखुरी टुडे डटकमको पहिलो बैठक तथा समिक्षा कार्यक्रमका सहभागीहरुले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।
प्रालिका अध्यक्ष तथा देउखुरी टुडे डटकमका प्रधान सम्पादक सन्तोषकुमार गुप्ताको अध्यक्षतामा लमही नगरपालिका ५ रातोडाँडा स्थित भक्ति थापा पार्कमा भएको बैठक तथा समिक्षा कार्यक्रमका सहभागीहरुले देउखुरी टुडे देउखुरी उपत्यकाको मात्र नभई लुम्बिनी प्रदेशको गहना भएकोले यसको निरन्तरता र स्थायीत्वका लागि आ आफनो क्षेत्रबाट पुर्णरुपले सहयोग गर्ने बचनवद्धता व्यक्त गरेका थिए ।

देउखुरी टुडे डटकमका सम्पादक होमप्रसाद शर्माको स्वागत मन्तव्यबाट सुरु भएको बैठकले अनलाइनलाई निरन्तररुपमा सञ्चालन गर्न सम्पादक मण्डल, व्यवस्थापन टिम र सल्लाहकारहरुले जिम्मेवारी बोधका साथ विश्वसनीयता, तथ्यपरक, सचना समाचारहरु संप्रेषण गर्ने निर्णय गरेको छ ।

बैठकले खोजमुलक समाचारहरुलाई विशेष महत्वका साथ राजनीतिक तटस्थताका साथ समाचार तथा विषय बस्तुहरु प्रकाशन÷प्रसारणका लागि विशेष जोड दिने निर्णय गरेको छ । साथै बैठकले सवै विधाका विषयबस्तुहरु समावेश गरी सवै वर्ग र पक्षहरुको अपनत्व हुने गरी साझा अनलाइन मिडिया हाउसको रुपमा विकास गर्ने लगायतको निर्णय गरेको छ ।

बैठकमा सहसम्पादक शिवराज पन्थी, प्रबन्ध सम्पादक दिपक वली, उपसम्पादक सुमन केसी, अतिथि सम्पादक हरिप्रसाद पोख्रेल, सल्लाहकार सम्पादक छविलाल कोपिला, विशेष सल्लाहकारहरू निमबहादुर थापा, जगतराम यादव, उमाकान्त पन्त, बालगोविन्द चौधरी, भानु जोशी र कार्यालय प्रमुख अन्शु बोहरा लगायतको उपस्थिति रहेको थियो भने बैठकको सहजीकरण देउखुरी टुडे डट.कमका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ताले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे