तिहार पर्वलाई लक्षित गरी राप्ती गाउँपालिका क्षेत्रको सुरक्षा व्यवस्थामा कडाई गरिने



तिहार पर्वलाई लक्षित गरी राप्ती गाउँपालिका क्षेत्रको सुरक्षा व्यवस्थामा कडाई गरिने

भालुवाङ २६ कार्तिक ।
हिन्दुहरुको दोस्रो ठुलो महानपर्व दिपावलीको अवसरमा राप्ती गाउँपालिका क्षेत्र भित्रको सुरक्षा व्यवस्थालाई कडाई गरिएको छ । पछिल्लो समय कोरोना महामारी, दुर्घटना, चोरी लुटपाट तथा अन्य आपराधिक क्रियाकलाप हुन नदिन तथा सार्वजनिक रुपमा हुने भिडभाड, देउसी भैलोमा रोक लगाउन सुरक्षा व्यवस्थामा कडाई गरिएको बताइएको छ ।

सामाजिक विकास समितिका संयोजक विद्याशरण चौधरीको अध्यक्षतामा बसेको बैठकले कोरोना महामारी समेत बढ्दै गएको कारण नागरिकलाई घरमै बसेर तिहार मनाउन समेत अनुरोध गरेको छ । दशैको अवसरमा नागरिकले लापर्वाही गरेकै कारण कोरोना दशैपछि तिब्र बढेको निश्र्कष निकाल्दै टाढावाट आउने जाने चेलीबेटी, दाजुभाई तथा दिदीबहिनीहरुलाई यस पालि भिडियोकल वा फोन सम्पर्क बाटै टिकाटालो गर्न समेत अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे