LISTEN LIVE RADIO

नदीमा बग्दै गरेका बालकको उद्धार गर्ने प्युठानका दुई विद्यार्थीलाई जनसेवाश्री पदक



नदीमा बग्दै गरेका बालकको उद्धार गर्ने प्युठानका दुई विद्यार्थीलाई जनसेवाश्री पदक

 आश्विन ३ प्युठान / प्युठान को गौमुखी गाउँपालिका ठूलाबेसी निवासी १० वर्षीय बालक शिशिर केसीलाई झिम्रुक नदीले बगाउँदा उद्दार गरि जीवनदान गर्ने दुई किशोरलाई सरकारले जनसेवाश्री पदकबाट सम्मान गर्ने भएको छ ।

संविधान दिवसको अवसरमा सार्वजनिक गरिएको पदक घोषषामा उनीहरुको नाम समावेश छ । जनसेवाश्री पदकको ३७ र ३८ औं नम्बरमा उनीहरुको नाम समावेश छ ।

गौमुखी मावि ठूलावेशीमा अध्ययनरत पूजा जारगाउँ प्युठानका सुशील सुनार र चन्द्र सुनारलाई सो पदकले सम्मान गरिने भएको हो । उनीहरुले गत असारको अन्तिम साता विद्यालयबाट फर्कदै गरेको बेला नदीमा बग्दै गरेका बालकको उद्धार गरेका थिए ।

उनीहरु गौमुखी माविमा कक्षा ९ र १० पढ्छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे