LISTEN LIVE RADIO

नागरिकको पहुँच रेडियो सम्म पुर्‍याउन स्रोता क्लबको महत्वपूर्ण भुमिका रहेको छ : अध्यक्ष उपाध्याय



नागरिकको पहुँच रेडियो सम्म पुर्‍याउन स्रोता क्लबको महत्वपूर्ण भुमिका रहेको छ : अध्यक्ष उपाध्याय

लालमटिया ३ असोज । भालुवाङ सञ्चार सेवा प्रालिद्धारा सञ्चालित रेडियो राप्ती तथा राप्ती टेलिभिजन सञ्चालक समितीका अध्यक्ष तथा प्रबन्ध निर्देशक रामप्रसाद उपाध्यायले अहिले पनि कयौँ नागरिकहरु सञ्चार माध्यमको पहुँचमा नपुगेकोले स्रोता क्लबको माध्यमबाट ती नागरिकहरुलाई मिडिया सम्म जोड्न स्रोता क्लबको भूमिका महत्वपूर्ण भएको बताएका छन् ।

रेडियो राप्ती ९८.४ मेगाहर्ज संग आबद्ध राप्ती गाउँपालिका स्तरिय समावेशी रेडियो राप्ती स्रोता क्लबको प्रारम्भिक साधारणसभा तथा अधिवेशनको उद्घाटन गदै अध्यक्ष उपाध्यायले राप्ती गाउँपालिका मात्र नभई देउखुरीको समग्र गाउँमा आर्को अधिवेशन वा ६ महिना भित्र स्रोता क्लब गठन गर्न सुझाब समेत दिए । उनले भरखरै पत्रकारिता सिक्दै गरेका पत्रकारहरुलाई आत्माबल बढाएर आफ्नो पत्रकारितालाई अगाडी बढाउन आग्रह समेत गरे ।

क्लबका अध्यक्ष लालमणि भूसालको अध्यक्षता एवम् रेडियो राप्ती तथा राप्ती टेलिभिजन सञ्चालक समितीका अध्यक्ष तथा प्रबन्धनिर्देशक रामप्रसाद उपाध्यायको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै कार्यक्रमका बिशिष्ट अतिथी नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश पार्सद महेशचन्द्र रिजालले सार्वभौम जनताको आवाज बनेर पत्रकारिता गरे मात्र नेपाली पत्रकारिता फलदायी हुने बताए । उनले अहिलेका युवाहरु देशको विकास नभई राज्यका प्रमुख व्यक्तिहरु संग मिलेर राज्यकै सम्पत्ति दोहोन गर्ने प्रबृति हावी भएको भन्दै चिन्ता समेत व्यक्त गरे ।

त्यस्तै कार्यक्रमका आर्का बिशिष्ट अतिथी राप्ती गाउँपालिका—२ नम्बर वडा सदस्य मनबहादुर पुनले नागरिकका समस्या रेडियो सम्म पुर्‍याउन स्रोता क्लबको गठन एकदमै महतवपूणर् रहेको बताए । उनले अब स्रोता क्लबले नागरिकका समस्या र गुनासाहरु रेडियोको माध्यमबाट सरोकारवाला निकाय सम्म पुर्‍याउन काम गर्नुपर्ने सुझाब दिए ।

यस्तै कार्यक्रममा बिशिष्ट अतिथीको आसनबाट बोल्दै राप्ती प्रेस मञ्चका अध्यक्ष अर्जुन अधिकारीले पत्रकारिता गर्नेहरुले कसैको चाकडी नगरी स्वच्छ र निष्पक्ष भएर कलम चलाउनु पर्ने बताए । उनले अब नेपालमा रबि लामिछाने शैलीको पत्रकारिता आवश्यकता रहेको समेत जोड दिए ।

यस्तै कार्यक्रममा रेडियो राप्ती तथा राप्ती टेलिभिजनका सहायक स्टेसन म्यानेजर तथा समाचार प्रमुख सन्तोषकुमार गुप्ताले पत्रकारिताको माध्यमबाट समेत नागरिकलाई न्याय दिन सकिने बताए । उनले बिगतका विभिन्न घटनाहरुको उदाहरण दिंदै कसैको पनि चाकडी नगरी नागरिकहरुलाई न्याय दिलाउन र अन्याय, अत्यचार र भष्ट्रचारका बिरुद्ध कलम चलाउन सक्नुपर्ने बताए ।

क्लबकी कोषाध्यक्ष सिमा केसी र सिर्जना थापाको स्वागत मन्तव्य तथा गीतबाट शुरु भएको कार्यक्रममा रेडियो राप्ती तथा राप्ती टेलिभिजन सञ्चालक समितीकी सदस्य ज्ञानुकादेवी उपाध्याय, हाम्रो लुम्बिनी न्युज डटकमका अध्यक्ष तथा प्रधान सम्पादक बासुदेव न्यौपाने र रेडियो राप्ती तथा राप्ती टेलिभिजनकी प्रमुख समाचार बाचिका तथा स्रोता क्लबकी सहायक सहर्जकर्ता हुमा सुनार लगायतका वक्ताले शुभकामना मन्तव्य वक्त गरेका थिए ।

सो अवसरमा रेडियो राप्ती तथा राप्ती टेलिभिजनमा सहायक समाचार प्रमुखको जिम्मेवारीमा कार्यरत भएको भन्दै स्रोता क्लबकी कोषाध्यक्ष सिमा केसीलाई क्लबका अध्यक्ष, बिशिष्ट अतिथीहरुले टिका र पुष्प गुच्छा प्रदान गरी बिदाई गरिएको थियो । उद्घाटन कार्यक्रमको सञ्चालन क्लबका सह—सचिव बिनोद बेल्बासेले गरेका थिए ।

यता क्लबको प्रारम्भिक साधारणसभा तथा अधिवेशनको बन्दसत्रले पुनः लालमणि भुसाल कै अध्यक्षतामा पाँच सदस्य पछि थप्ने गरी २१ सदस्यीय नयाँ कार्य समिती सर्वसम्मत चयन गरेको छ । जसको बरिष्ठ उपाध्यक्षमा नबिन गिरी, उपाध्यक्षमा बर्षा केसी, महासचिवमा बिनोद बेल्बासे, सचिवमा टिकाराम राउत, सह—सचिवमा देवका न्यौपाने र कोषाध्यक्षमा मोतीराम भट्टराईलाई सर्वसम्मत चयन गरेको छ ।

त्यस्तै नवनिर्वाचित कार्यसमितीको सदस्यमा गौतम चौधरी, लक्ष्मण चौधरी, देबेन्द्र रोकाक्षेत्री, सुशाना चौधरी, लक्ष्मी पोख्रेल, निशा भण्डारी, चन्द्रबहादुर सुनार, सबिरा खातुन र सम्झिरा खातुन रहेका छन् ।

बन्दसत्रले एक सदस्य पछि थप्ने गरी संगिता भण्डारीको संयोजकत्वमा पाँच सदस्यीय लेखा समिती समेत सर्वसम्मत चयन गरेको छ । जसको सदस्यमा निशा चौधरी, सावित्रा शर्मा र सिर्जना थापा रहेका छन् ।

बन्दसत्रले सचिव नबिन गिरीले प्रस्तुत गरेकाे बार्षिक प्रगति तथा आर्थिक प्रतिवेदन उठेका सुझाबलाई समावेश गर्ने गरी पारित गरेको छ । साथै बन्दसत्रले नवनिर्वाचित कार्यसमिती र लेखा समितीको सयुक्त पहिलो पूणर् बैठक यही असोज ८ गते शनिबारका दिन राप्ती गाउँपालिकाको सभाहल मसुरियामा बस्ने निणर्य समेत गरेको छ । बन्दसत्रले साधारणसभा तथा अधिवेशन सफल बनाउन सहयोग गर्ने सबैमा धन्यबाद ज्ञापन समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे