दाङमा मोटरसाईकल दुर्घटना हुँदा चालक घाइते



दाङमा मोटरसाईकल दुर्घटना हुँदा चालक घाइते

 भदौ ३१  तुलसीपु  । तिब्र गतिमा रहेको मोटरसाईकल भमके खोलामा पल्टिदा चालक घाइते भएका छन् । घाइते हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका–६ निबासी २६ बर्षका कमल केसी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक रञ्जन स्वारले जानकारी दिनुभयो ।

घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार थप उपचारका लागि नेपालगंज रिफर गरिएको छ । पश्चिम दाङको श्रीगाउँबाट तुलसीपुर गइरहेको लु८०प २७४८ नम्बरको (अनटेष्ट )  मोटरसाईलक तुलसीपुर–हापुरे सडक खण्ड अन्तर्गत भमके खोलामा पल्टिएको थियो ।

पछाडी सवार घोराही –१५ निबासी २२ बर्षका शिशिर योगीलाई भने केहि नभएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे