बाल दिवस : जंगफूड खान नहुने भन्दै राप्तीका बालबालिकाले देखाए नाटक



बाल दिवस : जंगफूड खान नहुने भन्दै राप्तीका बालबालिकाले देखाए नाटक

भालुवाङ २९ भदाै । दाङको राप्ती गाउँपालिकाका बालबालिकाले जंगफूड खान नहुने भन्दै बुधबार राप्ती गाउँपालिकामा नाटक प्रदर्शन गरेका छन् ।

बालमैत्री समाजको आधार, जिम्मेवार परिवार उत्तरदायी सरकार भन्ने मुल नाराका साथ  ५८ आैँ राष्ट्रिय दिवसको अवसरमा महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाले आयोजनामा गरेको कार्यक्रममा बालबालिकाहरूले नाटक प्रदर्शन गरेका हुन् । जंगफूडले स्वास्थ्यमा पार्ने असर विषयमा नाटक प्रदर्शन गरिएको थियोे ।

नाटक प्रदर्शन गर्ने स्कुलका बालबालिकाहरूले विद्यालयमा बढी मात्रमा खाजा स्वरूप चाउचाउ, विस्कुट, भुजा जस्ता वस्तुको प्रयोग बढी भएको र त्यसमा अभिभावकहरूको चेतनाको विकास नभएको जसका कारण बालबालिकाको स्वास्थ्य असर परेको भन्ने संदेश दिन खोजिएको छ ।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले बालबालिकाको माध्यमबाट गाउँपालिका क्षेत्रमा जंगफूड नियन्त्रण गर्न नाटकले महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने भएकोले बालबालिका मार्फत जंगफूड विरूद्वको अभियान चलाउन, लागू पदार्थ विरूद्वको अभियान, लैंगिक हिंसा तथा जातीय विभेद विरूद्वको अभियान र वातावरण संरक्षणको अभियान सञ्चालन गर्ने जिम्मेवार दिन लागेको बताएका छन् ।

जंगफुडले बालबालिकाको स्वास्थ्यमा असर गर्ने भन्दै राप्ती गाउँपालिकाले विद्यालय क्षेत्रमा जंगफूड बिक्री वितरण तथा प्रयोगमा यश अघि नै रोक लगाइसकेको बताएका छन् । अब नाटकको माध्यमबाट पनि संदेश प्रवाह गर्न खोजेका छाै, त्यही संदेश प्रवाह गर्न अब गाउँ- गाउँम नाटक मार्फत संदेश दिन खोजेको अध्यक्ष विष्टले बताए ।

कार्यक्रममा राप्ती गाउँपालिकाकि उपाध्यक्ष कमलापती चाैधरी, वडा नम्बर १ का वडा अध्यक्ष गेमबहादुर खड्का, कार्यपालिका सदस्यहरू पार्वती सुवेदी, सावित्रा चाैधरी, गिता चाैधरी लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

यस अघि मंगलबार भएको नाटक प्रदर्शनमा प्रथम स्थान हासिल गर्ने सिरिन भ्याली पब्लिक स्कुल माैरीघाट प्रथम, दोस्रो स्थान हासिल गर्ने शंकर मावि पिपरी, तेस्रो स्थान हासिल गर्ने गोल्डेन प्युचर बोर्डिङ स्कुल बिजाैरी र सान्त्वना स्थान हासिल गर्ने मावि माैरीघाटलाई प्रमाणपत्र र नगद पुरस्कार समेत प्रदान गरिएको थियोे ।

कार्यक्रममा साँस्कृतिक प्रस्तुति समेत राखिएको थियोे । कार्यक्रमको सञ्चालन शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे