सर्वोदय मावि सिसहनियाँले विभिन्न प्रतियोगितात्मक कार्यक्रम गरि ५८ औं बालदिवस मनायो



सर्वोदय मावि सिसहनियाँले विभिन्न प्रतियोगितात्मक कार्यक्रम गरि ५८ औं बालदिवस मनायो

सिसहनियाँ २९ भदौ । दाङको राप्ती गाउँपालिका ५ सिसहनियाँमा रहेको सर्वोदय माविले विभिन्न प्रतियोगितात्मक कार्यक्रम गरि ५८ औं बालदिवस मनाएको छ । बालमैत्री समाजको आधार, जिम्मेवार परिवार उत्तरदायी सरकार भन्ने मुल नाराका साथ दिवस मनाएको हो ।

दिवसका अवसरमा विद्यार्थीहरुको एक रेयालीले सिसहनियाँ बजार परिक्रम गरि पुन विद्यालयको प्रांगणमा पुगि एक औपचारिक कार्यक्रमको आयोजना गरेको थियोे । कार्यक्रम अन्तरगत विभिन्न तहगत रुपमा कुर्सी दौड, हिसाब दौड, वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो।

जसमा कक्षा १ देखी ५ सम्म कुर्सी दौड, ५ देखी ७ सम्म हिसाब दौड, र ८ देखि १२ सम्मा वक्तृत्वकला प्रतियोगिता राखिएको थियो । प्रतियोगितामा विजेताहरूलाई पुरस्कार समेत प्रदान गरिएको थियो । विद्यालयका सहायक प्रअ गणेश शर्मा अर्यालको अध्यक्षतामा कार्यक्रम भएको प्रशिक्षार्थी पत्रकार सिर्जना थापा र निशा कुमारी चाैधरीले यो समाचार लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे