LISTEN LIVE RADIO

राप्ती गाउँपालिकाद्धारा एक सय दिनमा गरेका ३३ बुँदे उपलब्धी सार्वजनिक



राप्ती गाउँपालिकाद्धारा एक सय दिनमा गरेका ३३ बुँदे उपलब्धी सार्वजनिक
भालुवाङ २१ भदाै । स्थानीय निर्वाचन सम्पन्न भएकाे एक सय दिनकाे समयमा देउखुरीकाे राप्ती गाउँपालिकाले गरेका महत्वपूर्ण उपलब्धीहरु सार्वजनिक गरेकाे छ । गाउँपालिकाले म‌गलबार आफ्नाे आधिकारिक पेजमा ३३ बुँदे उपलब्धीहरु सार्वजनिक गरेकाे हाे ।
पालिका नवनिर्वाचित जनप्रतिनिधिहरुले एक सय दिनकाे अवधीमा ठुलाे उपलब्धी हासिल गरेकाे समेत दाबी गरेका छन् । बिगतका जनप्रतिनिधिहरु भन्दा अहिले छाेटाे समय यति धेरै उपलब्धी हासिल हुनु महत्वपूर्ण बिषय भएकाे समेत दाबी गरेका छन् ।

राप्ती गाउँपालिकाले स्थानिय निर्वाचन २०७९ पश्चातका एक सय दिनमा गरेका उपलब्धीहरु यस प्रकार छन् …….‍‍‍‍‍

१) स्वस्थ नागरिक अभियान अन्तर्गत बिद्यालय क्षेत्र भित्र जंक फुडमा प्रतिबन्ध गरिएको ।
२) नागरिकको स्वास्थ्यमा सुधार ल्याउने तथा स्थानीय कृषि उत्पादनलाई प्रबर्धनका लागि स्थानीय सरकारी तथा गैरसरकारी कार्यालयहरुमा कोल्ड ड्रिङ्ग्समा प्रतिबन्ध लगाईएको तथा गाउँपालिका तथा अन्तरगतका कार्यालयमा हुने कार्यक्रमहरुमा प्लाष्टिकका खादा र मालामा प्रतिबन्ध लगाईएको ।
३) पालिकाले घोषणा गरेको निशुल्क तथा गुणस्तरिय शिक्षा कार्यान्वयनका लागि नियमित अनुगमन कार्य तथा शिक्षक नियुक्ति कार्य अगाडि बढाईएको ।
४) निशुल्क शिक्षा कार्यान्वयनका लागि निशुल्क शिक्षा सम्बन्धि कार्यबिधि, २०७९ तथा राप्ती गाउँपालिकाको छात्रबृति बितरण सम्बन्धि कार्यबिधि २०७९ स्विकृत गरिएको ।
५) बिपतजन्य घटना ( आधिहुरी)बाट प्रभाबित स्थानियलाई तत्काल राहातको ब्यबस्था गरिएको ।
६) राप्ती गाउँपालिका वडा नं ५, करङ्गेकोटमा रहेको जनता आधारभुत बिद्यालयमा कम्पाउन्डवाल निर्माण सम्पन्न भएको ।
७) राप्ती गाउँपालिका वडा नं २, बाहुनीपाटामा सोलार लिफ्टिङ गरि सिंचाईको ब्यबस्था गरिएको ।
८) राप्ती गाउँपालिका वडा नं १, भालुवाङको प्रस्तावित ५० शैयाको अस्पताल संचालन गर्नका लागि ४ कोठे प्रि फ्याब भवनको निर्माण गरिएको ।
९) राप्ती गाउँपालिका वडा नं १ भालुवाङको प्रस्तावित ५० बेडको अस्पतालमा निक साईमन ईनस्टिच्यूट संगको सहकार्यमा सम्झौता गरी बिषेशज्ञ सेवा (MDGP बाट) सेवा शुभारम्भ गरिएको ।
१०) बैङ्क तथा बित्तीय संस्थाहरुसंग बैदेशिक रोजगारीबाट फर्किएका युवाहरुलाई शुलभ ब्याजमा कर्जा प्रवाह गर्ने सम्बन्धमा सरोकारवाला संग अन्तरक्रिया कार्यक्रम संचालन गरिएको ।
११) भुमिहीन सुकुम्वासीहरुका लागि जग्गा उपलब्ध गराउने सम्बन्धमा निस्सा बितरण कार्यको शुभारम्भ गरिएको ।
१२) बैदेशिक रोजगारबाट फर्किएका र स्वदेशमै बसेर उद्यम गर्न चाहने २० जना युवाहरुलाई सामुदायिक पशु सहायक तालिम प्रदान गरिएको ( CTEVT संगको सहकार्यमा ।)
१३) नदि कटानहुने क्षेत्र राप्ती ५ र ८ मा दोलाई खोलाको किनारमा स्थानीयबासी तथा जनप्रतिनिधिहरुबाट बिभिन्न जातका ५०० वटा बिरुवा बृक्षारोपण गरिएको तथा गाउँपालिका परिसरमा पुष्परोपण सम्पन्न गरिएको ।
१४) राजनितिक दल,जनप्रतिनिधि , राष्टसेवक कर्मचारीहरुका लागि असल चरित्र निर्माण तथा सकारात्मक सोच सम्बन्धि १ दिने प्रशिक्षण कार्यक्रम संचालन गरिएको ।
१५) स्थानियका गुनासाहरु सम्बोधन गर्नका लागि गाउँपालिका अध्यक्ष स्वयं संग रहने गरी टोल फ्रि नम्बर संचालन गरिएको ।
१६) गाउँपालिका भित्र कार्यक्षेत्र बनाई कार्यक्रम गरिरहेका NG0 , INGO तथा CBO हरु संग उनिहरुको कार्यक्रमको बारेमा जानकारी लिई आगामी दिनमा समन्वय तथा सहकार्यका लागि समन्वयात्मक बैठकको आयोजना गरिएको ।
१७) कोभिड १९ तथा भबिस्यमा आईपर्ने यस्तै प्रकृतिका महामारीका नियन्त्रणका लागि Compartment Bed र अक्सीजन सिलिन्डर सहितको Multi Propose Shelter ( १६ बेड सहित ) लागि वडा नं ८ पिपरीमा जग्गा छनौट गरि कार्यक्रम संचालनका लागि प्रक्रिया अगाडि बढेको । (जापान सरकारको अनुदानमा)
१८) आर्थिक बर्ष २०७९।०८० का लागि नीति, कार्यक्रम र बजेट निर्माण कार्यक्रम समयमै सम्पन्न भएको ।
१९) शुसासनको प्रत्याभुति दिनका लागि आ. ब २०७८ ।०७९ को अन्तिम चौमासिकको सार्बजनिक सुनुवाई सम्पन्न भएको ।
२०) राप्ती गाउँपालिका भित्र उत्पादन भएको कुहिने र नकुहिने फोहोर ब्यबस्थापन गर्ने गरी सरसफाई केन्द्र स्थापनाका लागि जग्गा छनौट तथा जग्गाधनी संग सम्झौता कार्य सम्पन्न भएको ।
२१) जंक फुड नियन्त्रण अभियानका लागि भास्कर तेजश्री प्रतिष्ठान संग सहकार्यका लागि प्रक्रिया अगाडि बढाईएको ।
२२) कम भोल्टेजका कारण बिद्युतिय उपकरण प्रयोगमा समस्या उत्पन्न भएकोले राप्ती गाउँपालिका , २ मा स्थान छनौट गरी सबस्टेशन निर्माण प्रक्रिया अगाडि बढेको ।
२३) स्थायी राजधानी कार्यान्वयनका लागि जग्गा एकिकरण आयोजनाको कार्यालय तथा प्रदेश स्वास्थ्य निर्देशनालयलाई पालिकाको भवन उपलब्ध गराई राजधानी ब्यबस्थापनमा सहजीकरण गरिएको ।
२४) शुसासनको प्रबर्धनका लागि सि.सि क्यामेरा जडान ,पालिका सौन्दर्यकरण,अपाङ्ग तथा जेष्ठ नागरिकहरुलाइ लक्षित गरी लिफ्टको ब्यबस्था गरिएको ।
२५) सहकारी संस्थाहरुलाई एकरुपता ल्याउनका लागि कोपोमिस तालिम संचालन गरिएको ।
२६) एकिकृत कृषि तथा पशुसेवा केन्द्र भवन निर्माणका लागि ग्रामिण उद्यम तथा आर्थिक बिकास परियोजना संग समन्वय गरी आशय पत्र छनौट कार्य सम्पन्न भएको ।
२७) ईलाका प्रहरी कार्यालय भालुवाङलाई बिपद ब्यबस्थापन तथा उद्दार कार्यका लागि तथा ट्राफिक प्रहरीलाई सवारी दुर्घटना न्यूनिकरणका लागि उपकरणहरु हस्तान्तरण गरिएको साथै सवारी दुर्घटना कम गर्न पुर्व पश्चिम राजमार्गका बिभिन्न स्थानमा जेब्रा क्रसिङ निर्माण गरिएको ।
२८) वडा नं ९ सम्म जाने बाटोलाई बाह्रै महिना गाडि चल्न सक्ने गरि सडक मर्मतको कार्य भईरहेको ।
२९) नेपाली मौलिक लोक संस्कृतिको जगेर्ना तथा लैङ्गिक हिसां न्यूनिकरणका लागि ३०० बढि महिला दिदी बहीनीहरुको सहभागितामा चेतनामूलक तिज गीत प्रतियोगिता आयोजना गरी तिज पर्वलाई चेतना फैलाउने पर्वको रुपमा मनाईएको ।
३०) राप्ती गाउँपालिकाको क्षेत्र भित्र पर्ने राजमार्ग क्षेत्रका पुराना जीर्ण र जोखिमयुक्त ६१ वटा रुखहरु जसले दुर्घटना निम्त्याउने सम्भावना हुन्छ ,उक्त रुखहरुलाई डिभिजन बन कार्यालयको समन्वयमा कटानी गरिएको ।
३१) गाउँपालिका तथा मातहतका कार्यालयहरुबाट दिईने सेवा प्रवाहलाई छिटो छरितो र जनमुखी बनाउन पहल गरिएको ।
३२) नेपाल स्वास्थ्य अनुसन्धान परिषद र राप्ती गाउँपालिका बीच स्वास्थ्य सम्बन्धि अनुसन्धानका बिबिध क्षेत्रमा अध्ययन अनुसन्धान गर्ने गरी सम्झौता पत्रमा हस्ताक्षर भएको ।
३३) राप्ती गाउँपालिका ५ ,सिसहनीयामा १५ शैयाको अस्पतालको निर्माण कार्य सुरुवात भएको ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे