LISTEN LIVE RADIO

कपिलवस्तुमा टिप्पर र हाईस ठोक्किए, १२ जना घाईते, ३ को अवस्था गम्भीर



कपिलवस्तुमा टिप्पर र हाईस ठोक्किए, १२ जना घाईते, ३ को अवस्था गम्भीर

 कपिलवस्तु । कपिलवस्तुमा टिप्पर र हाईस आपसमा ठोक्किँदा १२ जना घाईते भएका छन् । कपिलवस्तुको गोरुसिगें तौलिहवा सडक अन्तर्गत चेत्रादेई जंगलमा एक आपसमा ठोक्किदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । दुर्घटनामा घाईते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

दाङबाट तौलिहवा हुँदै काठमाण्डौं जाँदै गरेको बा २ ख ६६६० नम्बरको हाईस र तौलिहवा देखि गोरुसिंगे तर्फ जाँदै गरेको ना ८ ख ६६९७ नम्बरको टिप्पर ठोक्किएका हुन । घाईतेहरुको जिल्ला अस्पताल तौलिहवामा उपचार भैरहेको प्रहरीले जनाएको छ । दुवै गाडिका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे